एमालेलाई किन फापेन प्रदेश नं. २ ?

Kp oli 8

काठमाडौं । नयाँ संविधान जारी भएपछि सत्ताको बागडोर नेकपा एमालेले सम्हाल्यो । तर, एमालेका लागि सत्ता सञ्चालन फलामो चिउरा चपाउनुसरह नै बन्यो । त्यस्तै बन्यो अहिले प्रदेश नं. २ को निर्वाचन पनि ।

नयाँ संविधान आएलगत्तै सत्तामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सत्ता सुखद बनेन । लामो समयसम्म भारतीय नाकाबन्दीको प्रभावले पिरोलिनुपर्ने अवस्था आयो । तर पनि ओलीले अविचलित रुपमा गरेको कार्यले एमालेभित्र राष्ट्रियता छ भन्ने धेरैलाई छाप प¥यो ।

त्यही छापले गर्दा ६ वटा प्रदेशमा सोचेभन्दा पनि धेरै जित हात पार्न सफल भयो । तर, संविधान संशोधनका मुद्दामा केही तलमाथि हुँदा एमाले मधेशमा पाँचौ हुन पुगेको छ । बरु तुलनात्मक रुपमा माओवादी केन्द्रले मधेशमा बलियो उपस्थिती जनाएको छ ।

पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई जित हात पार्न निक्कै सहज भएको थियो । त्यो बेला एमालेले १ सय २५ स्थानीय तह जितेर नेपाली कांग्रेसलाई निक्कै लज्जित बनाएको थियो ।

अझ त्यो भन्दा पनि दोस्रो चरणमा भएको निर्वाचनमा पनि एमालेले अपेक्षाभन्दा पनि बढी जित्यो । अर्थात् त्यसबेला एमालेले १ सय ५१ स्थानीय तह जितेको थियो । तर, जसरी ६ वटा प्रदेशमा २ सय ७६ स्थानीय जितेर वाहवाही कमायो । तर, त्यति धेरै जितेर पनि २ नं. प्रदेशले पहिलेको जितलाई फिका बनाइदिएको छ ।

६ वटा प्रदेशमा पहिलो बनेपछि २ प्रदेशमा पनि एमाले पहिलो बन्छ भन्ने धेरैको आँकलन थियो । तर, त्यो काल्पनिक आँकलन बन्यो । अहिलेसम्म एमालेले १८ स्थानीय तह मात्रै जितेको छ । यसलाई हेर्ने हो भने १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भइसक्दा एमालेको हातमा मात्र १८ स्थानीय तह परेको छ । बाँकी अन्य राजनीतिक पार्टीकै पोल्टामा पुगेको छ ।

जितेर पनि हारकै पथमा एमाले
स्वभाविक रुपमा एमाले सबै स्थानीय तहको संख्या जित्ने पहिलो पार्टी बनेको छ । एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्नेवाला छैन । तर पनि एमालेले जितेर पनि हारेको पार्टीझै बन्नुपरेको छ । आखिर किन त ?

प्रदेश नं. २ मा एमाले कमजोर देखिएको भए पनि पहिलो पार्टी नै हो । ‘हार जित स्वभाविक हो’ एमाले नेता प्रदिप ज्ञवाली भन्छन्, ‘प्रदेश नं. २ मा जे जस्तो परिणाम आएको छ, यसलाई सहर्ष स्वीकार गरेर आगामी निर्वाचनमा पार्टीले नयाँ सोचले अघि बढ्न प्ररित गरेको छ ।’

प्रदेश नं. २ मा सुरुवाती समयमै एमाले कमजोर देखिन थालेको थियो । जब एमालेको पक्षमा मत कम आउन थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले हारबाट पछि नहट्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले त्यतिवेला आफ्ना कार्यकर्ताको मनोवल नघटोस भनेर त्यसरी सान्त्वना दिएका थिए ।

तर, प्रदेश नं. २ मा जसरी एमालेले नराम्ररी हार भोग्यो, यसले एमालेभित्र भएको आन्तरिक कमीकमजोरीलाई उदांगो मात्रै पारिदिएको छैन, आफ्नालाई काखी च्याप्दाको परिणामलाई प्रष्ट्याइदिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...