सुहाउँला त कोमल ओलीले लाल सलाम भनेको ?

सोमबार राजावादी कोमलको निधारमा लाल टिका लाग्दै

Komal oli

काठमाडौं । के तपाईले गायीका तथा राप्रपा नेतृ कोमल ओलीलाई नमस्ते भनेर बोलाउँदै हुनुहुन्छ ? वा ओलीलाई आइस्योस् वा गइस्योस् भन्दै हुनुहुन्छ ? त्यो हो भने सोमबारदेखि त्योबाट मुक्त हुँदै हुनुहुन्छ ।

राम्रो पोइको खोजीमा लाग्दै आएका ओलीलाई सोमबारदेखि अभिवादन कामरेड भन्न नबिर्सनु होला । किनकी उनी सोमबार निक्कै तामझामका साथ नेकपा एमालेमा प्रवेश गर्दै छन् ।

एमालेमा प्रवेश गरेपछि उनलाई कामरे भन्ने साहस कतिले गर्लान् ? वा उनी आफै‌ँले एमालेका नेता तथा कार्यकर्तालाई कामरेड भन्ने आँट गर्छिन कि गर्दिनन् ? त्यो हेर्न बाँकी छ ।

किन गर्दैछन् राजनीतिक क्याम्प परिवर्तन ?
केही समयअघिसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा हालीमुहाली गर्दै आएकी कोमल ओली सोमबारदेखि राजनीतिक क्याम्प परिवर्तन गर्दैछन् ।

उनी फागुन पहिलो साता सम्पन्न राप्रपाको एकता महाधिवेसनमा अत्याधिक मत ल्याएर केन्द्रिय सदस्य चुनिएकी थिइन् । उनी राप्रपामा प्रवेश गरेपछि नायीका रेखा थापा, प्रकाश सुवेदी लगायतका कलाकारलाई राप्रपामा प्रवेश गराएकी थिइन् ।

राजनीतिमै लाग्न भनर उनले खादाखादैको रेडियो नेपालको जागिर त्यागेकी थिइन् । जुनबेला राप्रपा अध्यक्ष कमल थापासँग उनको राम्रो हिमचिम थियो । तर, पछिल्लो समयमा राप्रपा विभाजन भएपछि उनी यता न यता भएकी थिइन् ।

राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै आएकी थिइन् । उनले सार्वजनिक कार्यक्रमहरुमा समेत यसप्रकारको गुनासो पोख्दै आएकी थिइन् । उनी अहिले नेकपा एमालेमा ठूलै जिम्मेवारी लिएर प्रवेश गर्ने चर्चा चलेको छ ।

उनी एमालेमा प्रवेश गरेपछि दाङ क्षेत्र नं. ३ बाट उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।

एमालेमा जान कोकोसँग गरिन् वार्ता ?
पछिल्लो समयमा राप्रपामा निष्कृय बनेकी कोमल ओलीले एमालेमा प्रवेश गर्न निक्कै लामो कसरत गरेकी थिइन् । त्यसमा साथ दिएका थिए दाङकै व्यापारी बलिभद्र रानाले ।

उनले आफु एमालेमा प्रवेश गर्न माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त दर्जनौपटक छलफल चलाएकी थिइन् ।

कोमल ओलीले एमालेमा प्रवेश गर्ने कुरा स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत अध्यक्ष केपी शर्मा ओलीसमक्ष पु¥याएकी थिइन् । पोखरेल र ओली दाङको एउटै क्षेत्रका हुन् । पोख्रेल नै कोमललाई पार्टीमा भित्र्याउन लमि बनेपछि अध्यक्ष ओलीले स्वीकार गरेका थिए ।

कस्तो छ उनको चरित्र ?
उनी पहिले राप्रपामा प्रवेश गर्दा निक्कै ठूलो सपना बोकेर गएकी थिइन् । जुनबेला राप्रपा शक्तिशाली पनि थियो । ठूलो पार्टी भएकाले पनि सांसद हुत्याउन सकिन्छ भनेर राप्रपामा प्रवेश गरेकी कोमल ओली राप्रपा खिइँदै गएपछि राप्रपाबाट बाहिरिने योजना बनाउन थालेकी थिइन् ।

त्यसमा पनि पहिलो र दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले राम्रो पकड बनाएपछि उनको मन एमालेतिर सोझिएको थियो । कोमल ओलीलाई राजनीतिक स्वार्थ पूरा गर्न एमालेमा जान लागेको टिप्पणी गर्न थालिएको छ ।

खासमा उनी एमालेमा प्रवेश गरेपछि दाङका एमाले कार्यकर्तामा ठूलै पहिरो जाने कुरा दाङमा चल्न थालेको छ । उनी एमाले प्रवेश गरेलगत्तै टिकट पाउने तर, पुराना र इमान्दार नेता कार्यकर्ता पाखा लाग्ने भएकाले पनि जिल्लामा भित्रभित्रै असन्तुष्टी बढ्न थालेको छ ।

दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकासहित बहुसंख्यक स्थानीय तह जितेपछि एमाले दाङमा प्रभाव बढाउने रणनीतिमा छ । त्यही हिसावमा पनि कोमल ओलीलाई एमालेले आफ्नो पार्टीमा प्रवेश गराउँदै छ ।

कोको एमाले प्रवेश गर्दैछन् ?
उनी मात्रै एमालेमा प्रवेश गर्ने छैनन्, उनले एमाले प्रवेश गर्नेहरुको एउटा सूची नै बनाएकी छन् । अहिले कोको एमाले प्रवेश गर्दैछन् ?

कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्दैछन् । राना र ओलीलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं दाङ पुग्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...