कैलास बैंकले १० प्रतिशत बोनस शेयर दिने

Kailash bikas bank

काठमाडौं । कैलाश विकास बैंकले १० प्रतिशत बोनस शेयर तथा ९.५ प्रतिशत नगद लाभांश प्रस्ताव वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आ.व. २०७३/०७४ को मुनाफा समेतबाट आफ्ना शेयरधनीहरुलाई हालको चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर दिने निर्णय गरेको छ । साथै सो बैठकले ९.५ प्रतिशत नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिई आगामी २४औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

बैंकको बोनस शेयर जारीपश्चात चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३५ हजार पुग्नेछ । कैलास विकास बैंकले २०७४ भदौं मसान्तसम्म १८ अरब ११ करोड निक्षेप संकलन गरी १५ अरब ६० करोड कर्जा प्रवाह गरेको छ ।

संस्थाले विभिन्न जिल्लाका ३८ शाखामार्फत इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, एसएमएस बैंकिङ सुविधासहित १९ वटा एटिएम सेवा प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस