किन आँखाको तारो बने राजदूत अर्जुन कार्की ?

डोनाल्ड ट्रम्पको भोजमा महरा ‘अपमानित’ हुँदा कार्कीको पद धरापमा

Arjun kumar karki

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत हुन् डा. अर्जुन कार्की । उनी यतिबेला एकाएक सरकारी अधिकारीको आँखाको तारो बनेका छन् ।

उनी सरकारी अधिकारीको आँखाको तारो बन्ने एउटै मात्र कारण हो उनले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन पुगेको प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री कृष्णबहादुर महरा सहितको उच्चस्तरीय (हाई लेभल) डेलिगेशन टोलीलाई उचित व्यवस्थापन गर्न नसक्नु ।

यही कारण कार्की राजदूतबाट मुक्त हुने अवस्था पनि आएको छ । सम्भवत उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिएर नेपाल फर्किएपछि उनी तत्काल नेपाल फिर्ता बोलाइन सक्छ ।

यसकारण फिर्ता हुँदैछन् कार्की
संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन पुगेको प्रधानमन्त्री शेरबहादुर देउवासहितको उच्चस्तरीय (हाई लेभल) डेलिगेशन नेपाल नफर्किदै सरकारले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीलाई तत्काल फिर्ता बोलाउने भित्री तयारी भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आयोजना गरेको रात्रिभोज प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको थियो । तर, सो भोजमा देउा जान समय अपुग भएपछि परराष्ट्र मन्त्री कृष्णबहादुर महरा जान चाहेका थिए । सो भोजमा जान उनी तयारी अवस्थामा थिए । र महरा देउवालाई पठाएको पत्र बोकेर भोजमा सरिक भएका थिए । तर, उनलाई त्यहाँ जान निक्कै हमेहम्मे परेको थियो । त्यसको दोष डा. कार्कीमाथि लागेको छ ।

रात्री भोजमा जान तयारी पूरा भएको भन्दै न्युर्योक मिसन प्रमुख दुर्गाप्रसाद भट्टराईसहितका परराष्ट्रका अधिकारी र राजदुत कार्कीले भनेपछि महरा रात्रिभोजमा गएका थिए ।

यतिसम्मकी महरा देउवाको नाममा आएको निमन्त्रणा पत्र बोकेर गेटमा आधा घण्टासम्म कुरेका थिए । महरा सहितका टोलीलाई रात्री भोजमा सरिह हुन खोज्दा त्यहाँका सुरक्षाकर्मीले रोकेका थिए ।

तर, मिसन र परराष्ट्रका अधिकारीले महरालाई सुरक्षा ढोकामै आघा घण्टासम्म कुरेका थिए । त्यसको एउटै मात्र कारण थियो डा. कार्कीले समयमै त्यसबारे आयोजकलाई जानकारी नगराउनु ।

के थियो कमजोरी ?
खासगरी जुनसुकै कार्यक्रमहरुमा कार्यक्रम बारे पहिले नै जानकारी गराउनुपर्छ । जबकी प्रधानमन्त्री देउवा रात्री भोजमा सरिक हुन नसक्ने अवस्था आएपछि राजदूत कार्कीले कुटनीतिक रुपमा पहिले नै पहल गर्नु पर्ने थियो । तर, कार्कीकै लापरवाहीका कारण त्यसको जानकारी दिन ढिलाई भएको थियो ।

त्यही कारण पनि विभागीय मन्त्री परराष्ट्रमन्त्री महरा डा. कार्कीसँग रुष्ट बनेका छन् । महरा राजदुत कार्कीले कुटनीतिज्ञको रुपमा काम गर्न नसक्दा आफु र सिंगो राष्ट नै ‘अपमानित’ भएको निष्कर्षमा पुगेका छन् ।

न्युर्योकस्थित मिसनले रात्रिभोजमा प्रधानमन्त्री सरिक हुन नसक्ने र प्रधानमन्त्री सट्टामा परराष्ट्रमन्त्री सहभागि हुने पत्राचार गर्न नसक्दा आफु अपमानित भएको रिस नेपाल फर्किएपछि कार्कीमाथि खन्याउन सक्ने स्रोतहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...