रानीमहल सहकारीको ५ करोडको कारोबार

16 karod

पाल्पा । रानीमहल बचत तथा ऋण सहकारी संस्था तानसेन, पाल्पाले गत आर्थिक वर्षमा ५ करोड २७ लाख ३५ हजार १ सय ४१ बराबरको कारोबार गरेको छ ।

गत आवमा ३ करोड ९० लाख ९१ हजार ७ सय ५० निक्षेप संकलन ३ करोड २५ लाख ८४ हजार निक्षेप फिर्ता, ४ करोड २० लाख ऋण लगानी गरेको लेखा संयोजक चिरञ्जीवी शर्मा ढुंगानाले बताए ।

संस्थाले २० लाख ५३ हजार २ सय ४४ नाफा गरेकामा १३ लाख ५९ हजार ४१ खर्च गरी ५ लाख ५५ हजार ६ सय ३६ खुद नाफा गरेको छ ।

सहकारीको आगामी कार्यक्रममा शेयर पूँजी वृद्धि गर्ने, नगरपालिकाभित्रका सहकारीसँग सहकार्य गरी काम गर्ने, शेयर सदस्यलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, संस्थाका शेयर सदस्यले तालीम माग गरेमा तत्काल सञ्चालन गर्ने, नियमित ऋणको कारोबार गर्ने शेयर सदस्यलाई ब्याजदरमा ०.५ प्रतिशत छुट दिने, एकमुष्ट रकम जम्मा गर्ने शेयरधनीलाई विशेष सम्मान गर्ने अध्यक्ष भूगोलप्रसाद वैजुले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...