बाढीपीडितलाई ५ लाख सहयोग  

13032016083835new notes 1200x545 c

 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले बाढीपीडितको सहयोगका लागि ५ लाख प्रदान गरेको छ ।

राष्ट्रियस्तरको उक्त विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रका जनतालाई उपलब्ध गराउन उक्त रकम डेभलपमेन्ट बैंकर्स एशोसिएशनलाई प्रदान गरेको जनाएको हो ।

बाढीपहिरोबाट क्षति पुगेका जिल्लाका जनतालाई राहतका रुपमा भौतिक सहयोग उपलब्ध गराउन उक्त एशोसिएशनले अग्रसरता लिई विभिन्न बैंकसंग आग्रह गरेको थियो ।

एशोसिएशनका अध्यक्ष भरतराज ढकालले विभिन्न वित्तीय संस्थामार्फत अहिलेसम्म संकलन भएको ३२ लाख छिट्टै नेपाल उद्योग वाणिज्य महासंघलाई हस्तान्तरण गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...