बिरामीको उपचार गर्ने सगरमाथा अञ्चल अस्पताल आफै अस्वस्थ

Agarmatha anchal aspatal

सप्तरी, । बिरामीको उपचार गर्ने सगरमाथा अञ्चल अस्पताल आफै अस्वस्थ भएको छ । अस्पतालमा १८ चिकित्सकको दरबन्दी रहेकामा हाल ३ चिकित्सक मात्र कार्यरत छन् ।

अन्य करिब २५ प्राविधिक तथा स्वास्थ्यकर्मीको पद रिक्त भएको कारण उपचारका लागि उपकरण, सामग्री सरकारले उपलब्ध गराए पनि प्राविधिक र चिकित्सकको अभावका कारण प्रयोगमा आउन सकेका छैनन् ।

विसं २०७३ मंसिरमा नेपाल सद्भावना पार्टी गजेन्द्रवादी समूहका अध्यक्ष विकास तिवारीले अस्पताल सुधारका लागि १८ दिनसम्म आमरण अनशन गरेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताल सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिबद्धतानुसार अस्पताललाई तत्काल स्वास्थ्य उपकरण तथा प्रयोगशालाका सामग्री पठाइए पनि दक्ष चिकित्सक तथा प्राविधिक नहुँदा उपकरण प्रयोगविहीन अवस्थामा अस्पतालमा थन्किएका छन् ।

उपकरणमा अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होराइजन्टल एक्सरे मेसिन र डायलासिस मेसिन आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दयाशंकरलाल कर्णले जानकारी दिए ।

चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा सरसफाइको समेत अभाव छ । आकस्मिक कक्षमा चिकित्सक नबस्दा उपचारका लागि आएका बिरामी अन्यत्रै पठाउनु अस्पतालको दुर्भाग्य भएको राजविराजका समाजसेवी देवु यादवले बताए ।

उनले आफ्नी श्रीमतीलाई अस्पतालमा चिकित्सकको अभावका कारण बाहिर निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउनुपरेको गुनासो गरे ।

अस्पतालमा पुराना यन्त्रसमेत मर्मत नगर्दा खिया लागेर बिग्रिसकेका छन् । बाढीबाट रोग उत्पन्न भएका कारण सो अस्पतालमा विगतको तुलनामा अहिले उपचार गराउनेको संख्या दिनप्रतिदिन बढिरहे पनि उपचारको समस्या जस्ताको तस्तै रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...