साताको तेस्रो दिन, पनि निरन्तर सुनको भाउ ओरालो लाग्दै

Gold 29

काठमाडौँ । साताको पहिले दिन सुरु भएको सुनको भाउ घट्ने क्रमले निरन्ता दिइरहेको छ । सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ ।

मंगलबार सुन तोलाको ५६ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर तोलाको ७ सय ६० मा कारोबार भैरहेको छ । दशैं नजिकिएपनि सुनको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् ।

गएका वर्षहरुमा यो बेला दैनिक ५० किलोको हाराहारी कारोबार हुने गरेको सुन भूकम्पपछि भने उत्साहक कारोबार हुन नसकेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

उनका अनुसार गएको वर्ष दशैं नजिकिएसँगै दैनिक ३५ किलोको हाराहारीमा सुन कारोबार हुने गरेकामा यो वर्ष घटेर दैनिक ३० किलोसम्म कारोबार भैरहेको छ ।

साउन अन्तिम महिना तराईमा आएको बाढी, भूकम्पपछिको पुननिर्माण र सुनको भाउ महंगो भएकाले कारोबार घटेको उनको अनुमान छ ।

 

प्रतिकृया दिनुहोस