त्यो अन्त्यष्टी र यो अन्त्यष्टी

Partap ram lohara

२०११ सालसम्म नेपाली तथा विश्वभरी छरिएर रहेका हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको मन्दिरमा अछूतलाई प्रवेश निषेध भन्ने बोर्ड राखिएको थियो । हिन्दुहरूका लागि मात्र प्रवेश भन्ने बोर्ड त अहिले पनि छ । अछूतहरूका लागि प्रवेश निषेध भन्ने बोर्ड २०११ सालको पशुपति प्रवेश आन्दोलनले हटाएको थियो । पशुपति अर्थात् महादेव हिन्दु धर्म शास्त्र अनुसार संहारक पनि मानिन्छन् । अतः उनको सानिध्यतामा अन्तिम संस्कार हुनु भनेको स्वर्गको ढोका खोलिनु पनि हो भन्ने मान्यता भएकाले पशुपतिको आर्यघाटमा अन्तिम संस्कार गर्ने चाहाना सबै हिन्दु धर्ममा आस्था राख्नेहरूलाई हुन्छ ।

आर्यघाटमा विशिष्ट व्यक्तिहरू तथा सर्वसाधारणका लागि छुट्याइएका घाटहरू छन् । पशुपतिनाथको मन्दिरमा चढाइएको जल एउटा नालीबाट बहेर सिधैं वाग्मति नदीमा मिसिने ठाउँलाई ब्रम्हनाल भन्छन् । अतः सोही नजिक अन्त्यष्टी गर्न जोकोही पनि लालाइत हुन्छन् । तर, त्यस्तो ब्रम्हनालमा अन्त्यष्टी गर्न पाउने कल्पना दलित समुदायले गर्न पाउंदैन थिए, सर्वसाधारणको अन्त्येष्टी गरिने घाटमा समेत दलितहरूका शब जलाउन बर्जित थियो ।

राजाका परमभक्त तथा जीवनको अन्तिम अवस्थामा आपूर्ति राज्यमन्त्रीसमेत भएका स्व. हिरालाल विश्वकर्माको देहावसान २०४५ सालको असोजमा दसैंको टिका कै दिनमा भयो । उनी स्वर्गीय हुँदा मन्त्री पदमा त थिएनन् । तर, राज्यको सम्मानित पदमा पुगेका व्यक्तिहरूलाई राज्यले सम्मान गर्ने परम्परा नेपालमा छ । अतः उनको अन्तिम यात्रामा पनि सम्मान पाउने अपेक्षा परिवारलगायत उनका इष्टमित्रहरूमा हुने नै भयो । तर त्यसबेला दलितहरूको मृत्युपछिको अन्तिम संस्कार अरूलाई जलाउने ठाउँमा गर्न पाईदैन थियो । नत अहिले जस्तो घाटेहरूले नै शवको नियमसंगत दाहसंस्कार गर्दथे । उनीहरूको शब जलाउनु पर्दा बाग्मति वा विष्णुमतिको बगरमा मलामीहरूले नै चिता बनाई शवदहन गर्नुपथ्र्यो । स्वर्गीय हिरालाल विश्वकर्माको पनि चिता बाग्मतिको बगरमा बनाइयो । उनको मलामी तत्कालिन समयका दलितका नेताहरू थिए । मृतक पञ्चायतका एउटा हस्ति नै भएकाले तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह र राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी पनि गएका थिए । उनीहरू दलितको मलामी आउनु आफैंमा परम्परा विरोधी थियो । किनभने नेपाली हिन्दु संस्कारमा आफ्नो गुठीयार तथा जातबाहेक अरू मलामी जान हुन्न भन्ने मान्यता थियो र छ । त्यतिबेलाका अति विशिष्ट व्यक्तिहरू शबको नजिक पुगेनन् टाढैवाट हेरे भन्ने पनि सुनियो ।

त्यतिबेलाका दलित नेताहरूलाई बगरमा बनाइएको चिता देखेर एकप्रकारको अपमानबोध भयो र गएका मलामीहरूका बीचमा दुईटा बिचारहरू बाहिर आए । एउटा समूहले परम्परागत रूपमा चलिआएको चलनअनुसार नै स्वर्गीय नेताको अन्तिम संस्कार गर्नुपर्छ भन्यो । अर्को समूहले होइन अन्य व्यक्तिहरूले शब जलाउने पेटी मै जलाउनुपर्छ भन्ने कुरा राख्यो । पहिलो समूहले बनिसकेको चिता बिगारेर सार्दा अपशकुन हुने तर्क राख्यो । अर्को समूहले चिता सार्नै पर्ने र सम्मानित ठाउँमा जलाउनुपर्ने तर्क राख्यो । यसो गर्दा त्यहाँ जातपात मान्ने अन्य समूहले हुलदंगासहित आक्रमण गर्न सक्ने अवस्थाको पनि चर्चा गरियो । चिता सार्नै पर्ने समूहले यदि त्यस्तो हमला भए एउटा चिता होईन, अरू चिता जले पनि पछि नहट्ने हुंकार ग¥यो ।

मन्त्री पदमा पुगेका दलितका दुईटा व्यक्तित्वहरूको अन्तिम संस्कार हामीले देख्यौं र भोग्यौ । तर उनीहरूको अन्तिम यात्रामा आसमान जमिनको फरक देखियो । पञ्चायत सहितको राजतन्त्रमा एउटा सम्मानित दलित नेताको अन्तिम संस्कार गर्ने क्षण कति दुःखद, अपमानजनक र संघर्षपूर्ण थियो र अहिले लोकतन्त्र सहितको गणतन्त्रमा अर्को सम्मानित दलित नेताको अन्तिम संस्कार कति सम्मानित थियो ? त्यो अर्थमा स्वर्गीय प्रतापराम लोहार भाग्यमानी मात्र   ठहरिएनन् ।

यस्तो छलफल टाढाबाट हेरिरहेका दुईजना विशिष्ट व्यक्तिहरू अन्तिम संस्कार सुरू हुनु पहिले नै त्यहाँबाट कुलेलम ठोके भन्ने सुन्नमा आयो । अन्त्यमा चिता सार्नुपर्छ र सम्मानित ठाउँमै अन्तिम संस्कार गरिनुपर्छ भन्ने पक्षको जित भयो र सम्मानित ठाउँमा हिरालाल विश्वकर्माको अन्तिम संस्कार सम्पन्न भयो । सौभाग्यवश भनौ या त्यहाँ विरोध गर्दा त्यसले ठूलै स्वरूप लिन सक्छ भन्ने आंकलन गरेर हो अन्य जातिका कोही पनि आएनन् र शान्तिपूर्ण तरीकाले अन्तिम संस्कार सम्पन्न भयो । त्यसपछि अन्य दलितहरूलाई पनि सर्वसाधारणहरूलाई जलाउने ठाउँमा अन्तिम संस्कार गर्न सहज भयो । घाटेहरूले पनि सहजता पूर्वक दलितका शब जलाउन थाले ।

यही साउने २२ मा दलित आन्दोलनका पुराना प्रजातन्त्रवादी नेता तथा पूर्व वातावरण तथा विज्ञान सहायक मन्त्री प्रतापराम लोहारको निधन भयो । सुशील कोईरालाको पालामा नेपाली कांग्रेसको केन्द्रीयमा मनोनित भएकाले उनको शबलाई पार्टी कार्यालय सानेपामा राखिएको थियो । त्यसमा वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी झण्डा ओडाएर सम्मान गरे । त्यसपछि उनको शबलाई आर्यघाटको ब्रम्हनाल लगियो । बिशिष्ट व्यक्तिहरूको अन्त्येष्टी गरिने घाट मै उनको चिता तयार पार्न लगाइएको थियो । तर आर्यघाट हेर्ने समितिले अन्य व्यक्तिलाई बढी पैसा तिरेको आधारमा अर्को शब जलाउन अनुमति दिँदा ४ घण्टा कुर्नुपर्ने अवस्था आयो ।

यसरी चार घण्टाको पट्यार लाग्दो कुराईमा अनेक तर्कनाहरू आए र त्यहाँ एउटा दलितको अन्तिम संस्कार गर्न नदिन त्यस्तो प्रपञ्च गरिएको होकी भन्ने पनि चर्चा चल्यो । तर सो अवधिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एनपी साउद लगायतका नेता आएर श्रद्धान्जली मात्र व्यक्त गरेनन्, पुनः पार्टीको झण्डा पनि ओढाए । यो सम्मान केवल स्वर्गीय प्रतापरामको लागि मात्र थिएन, प्रजातन्त्रमा आस्था राख्ने सबै दलितकर्मीहरूका लागि पनि थियो ।

ब्रम्हनालमा लगिएको ४ घण्टापछि पुनः चितालाई सजाउने काम भयो र त्यो सजावट नेपालका अन्य विशिष्ट व्यक्तिहरूको अन्तिम संस्कारमा गरिने सजावटभन्दा फरक थिएन । राज्यका पूर्वमन्त्री पनि भएको हुँदा नेपाल प्रहरीवाट अन्तिम सलामी पनि दिइने परम्परा रहेको हँुदा सोहीअनुसार गर्न गृह मन्त्रालयमा अनुरोध गरियो । तर, सहायक मन्त्रीलाई गर्न मिल्ने वा नमिल्ने भन्ने स्पष्ट नीति नभएको हुँदा नेपाल प्रहरीबाट नमिल्ने भन्ने जवाफ आयो । शसस्त्र प्रहरीका अवकाश प्राप्त डिएसपी जो नेपाल राष्ट्रिय विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष पनि छन् । उनको सुझाव शसस्त्रले पनि त्यस्तो गर्न सक्ने भने पछि नेपाली कांग्रेसकै पहलमा सम्भवतः प्रधानमन्त्रीको अनुरोधमा गृह मन्त्रालयले अन्तिम संस्कारमा सहयोग गर्ने टोलीसहित सलामी अर्पण गर्ने एउटा टुकडीलाई उपस्थित गरायो ।

जब स्वर्गीय लोहारका एक मात्र छोराले दागबत्ती दिने समय भयो, त्यतिबेलामा शसस्त्र प्रहरीको टुकडीले रितपूर्वक विगुल फुकेर अन्तिम सलामी अर्पण ग¥यो । त्यो अन्तिम सलामीमा सो टुकडीले आफुसँग ल्याएको हतियारलाई रितपूर्वक सिधा, उल्टो तरीकाले घुमाएर सम्मान व्यक्त ग¥यो । त्यसरी अन्तिम सलामी दिइरहदाँ पशुपति क्षेत्रमा घुम्न आउने पर्यटक तथा अन्य मलामीहरूको पनि वरिपरि ठूलो संख्यामा उपस्थिति देखिन्थ्यो । किनभने त्यस्ता सम्मान राज्यसँग सम्बन्धित विशिष्ट व्यक्तिहरूका लागि मात्र दिइने र सधैं नहुने हुँदा पनि आकर्षणको विषय भएको हुनुपर्छ । सोही अवधिमा केही विदेशीहरूले पनि भिडियो छायांकन गरिरहेका थिए र उनीहरूका लागि पनि त्यो क्षण उनीहरूको क्यामरामा कैद गर्न लायकको क्षण भएको थियो ।

उनले प्राप्त गरेको सम्मानले समस्त दलित समुदायको शीर उचो भएको छ । किनभने राज्यले विभेद नगरिकन सम्मान पाउनुपर्ने व्यक्तिलाई सम्मान दिएको छ । यसले दलित आन्दोलनमा एउटा इतिहास बनाएको छ । किनभने आगामी दिनमा राज्यको विशिष्ट स्थानमा पुग्ने दलित नेताहरूले आफ्नो अन्तिम यात्रामा कस्तो सम्मान पाउँछन्, त्यो त आगामी दिनहरूले नै बताउँला । तर, जुन परम्पराको थालनी स्वर्गीय लोहारको अन्तिम संस्कारबाट भएको छ । त्यसले धर्म र राज्यको तर्फबाट समेत हुने विभेदको अन्त्य हुन लागेको संकेत गरेको छ । त्यत्तिमात्र नभईकन समस्त दलितहरूलाई राज्यको व्यवहारबाट आत्मगौरवको अनुभूतिसमेत भएको छ ।

लेखक : सामाजिक अभियान्ता र अनुसन्धानकर्ता हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...