स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन,सिटामोल सकिएको सूचना टाँसियो बोडर्डमा  

Capture 340

धादिङ । महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ ।

खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ ।

३ बच्चाको आमा भइसक्नुभएकी शुक्रिमायाको सानो छोरी डेढ वर्षको भइन् । सबैभन्दा सानो नानी काखमा बोकेर जिल्ला समन्वय समितिका संयोजकलाई आफ्नो दुःख सुनाउन आएकी शुक्रिमाया स्वास्थ्यचौकी जान दिनभरि हिँड्नु पर्छ तर औषधि किनेर बच्चालाई खुवाउनुपर्ने भएकाले स्वास्थ्यचौकी नगएको बताए ।

घरमा खानेकुरा नभएर सिस्नुको खोले खाएर आफू गाउँको समस्या सुनाउन सरकारको मान्छे आएको भन्ने थाहा पाएर बच्चा बोकेर भेला भएका थिए ।

सरकारले स्वास्थ्यचौकीमै गर्भवती जाँच गराउने र स्वास्थ्यचौकीमै सुत्केरी गराउने बृहत् अभियान सञ्चालन गरेको भए पनि यो चेपाङ गाउँमा यसको कुनै असर परेको छैन । सूर्यमाया चेपाङले जन्माएको तीन बच्चा पनि घरमै हो ।

स्वास्थ्यचौकी जान नै अप्ठ्यारो भिरको बाटो भएकाले कोही पनि जान नसकेको गाउँकी अगुवाका रुपमा रहेकी सूर्यमायाले बताए ।

जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल जिल्लाको सबै अवसर र सुविधाबाट बञ्चित भएको ब्रुसवाङको समस्या समाधानका लागि आफैँ हिँडेर गाउँ पुगेका थिए ।

चितवन र धादिङको सिमानामा रहेको ब्रुसवाङ महाभारतको सबैभन्दा उच्च ठाउँमा रहेकाले यहाँ जीवन कष्टकर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...