तनहुँको भिमादमा स्वास्थ्य शिविर सम्पन्न

Helth camp tanau

पोखरा । लायन्स क्लब अफ अफ पोखरा सेती गण्डकीको आयोजनामा तनहँुको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धि जनचेतना तथा परीक्षण, हाडजोर्नी तथा नसा रोग, फिजिसियन सेवा, प्रसुती सेवा, मानसिक रोग, छाला तथा यौन रोग र बालरोगलगायत ल्याब परिक्षण सेवा समेत सञ्चालन गरिएको थियो ।

शिविरमा विभिन्न रोगका ४ सय १९ विरामीको स्वाथ्य परिक्षण गरिएको थियो । शिविरबाट भिमाद नगरपालिका, म्याग्दे, रिसिङ र घिरिङ गाँउपालिका जनताले सेवा लिएको संयोजक शान्ती उदासले बताइन् ।

स्वास्थ्य शिविर कार्यक्रममा डिष्टिक ३२५बी १ नेपालका कोचिफ एडभाइजर विषेश्वर आचार्यले रोग लागेर अस्पताल धाउनुभन्दा रोग लाग्नबाट बच्नुपर्ने बताए । उनले निरोगी बन्न वातावरण सफा राख्न र समय समयमा स्वास्थ्य परिक्षण गर्न आग्रह गरे ।

भिमाद नगरपालिका उपप्रमुख शारदा खनालले लायन्सले स्वास्थ्य शिविरको आयोजना गरेर गरीब तथा ग्रामिण भेगका जनतालाई ठुलो सहयोग पु¥याएको बताइन् । कार्यक्रममा लायन्स डिष्ट्रिकका स्वास्थ्य शिविर प्रमुख सिताराम लुईटेल, कास्की मोडल हस्पिटलका मेडिकल डाइरेक्टर डा. लुमेश्वर आचार्य, भिमाद नगरपालिका वडा ६ का अध्यक्ष श्यामसुन्दर जोशी, कार्यक्रम संयोजक शान्ती उदास लगायतले बोलेका थिए ।

लायन्स क्लब अफ भिमाद र भिमाद नगरपालिका वडा नम्वर ६ को सहआयोजना भएको कार्यक्रममा प्रविधिक सहयोग कास्की मोडल हस्पिटलले गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...