अनमोल साकोसको १५ लाख मुनाफा

Anmol photo

भक्तपुर । अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकले २ करोड ६३ लाख ९३ हजार ४ सय ४७ रुपैयाँ ३४ पैसा आम्दानी गरेको छ ।

सो सहकारीले २ करोड ४८ लाख ७७ हजार ८ सय १ रुपैयाँ ३८ पैसा खर्च भई १५ लाख १५ हजार ६ सय ४५ रुपैयाँ ९६ पैसा नाफा कमाएको छ ।

शनिवार सम्पन्न आठाै‌ँ वाषिक साधारणसभा कोषाध्यक्ष तुलसादेवी थापा राईले संस्थामा १ हजार ३ सय ९५ महिला र १ हजार ७ सय ३ पुरुष गरी ३ हजार ९८ जना सदस्य रहेको जानकारी दिइन । उनले आ.व. ०७३/७४ मा १ करोड ११ लाख २६ हजार ३ सय शेयर पूँजी संकलन भएको र २० करोड ९० लाख ५९ हजार ८ सय ९० रुपैयाँ ५२ पैसा बचत भएको जानकारी दिइन् । सो सहकारीले १८ करोड ५२ लाख १७ हजार ८ सय ७४ रुपैयाँ ४३ पैसा ऋण लगानी गरेको छ ।

संस्थाका अध्यक्ष बच्चुराम थापाले सहकारीको विकास क्रमलाई केही सहकारी संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्थाले देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको बताए ।

शनिबार भएको साधारणसभाको सूर्यबिनायक नगरपालिका वडा नं. ८ का बडाध्यक्ष किरण थापाले उद्घाटन गरेको सो साधारण सभामा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, केदानाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमानसिंह बस्नेत, डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रतिनिधी कृष्णबहादुर खड्का, सुर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष हरिशरण बस्नेत, संस्थाका उपाध्यक्ष शंकर केसीलगायतले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस