बनेपामा शेयर कारोबारको रकम कम

Bullish trend

बनेपा । शेयर बजारमा आर्कषण बढ्दै जाँदा नयाँ÷नयाँ लगानीकर्ता भित्रिएको बनेपाका ब्रोकर कार्यालयमा शेयर कारोबारको रकम कम देखिएको छ ।

बनेपामा भिजन सुक्युरिटिज प्रालि ०३४०, र ४० नम्बर ब्रोकर कार्यालय क्रियाटिभ सेक्युरिटिज प्रालिले बनेपा शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम गर्दै आएका छन् ।

भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकास अधिकारीले शेयर बजारमा आएको गिरावटले आर्थिक कारोबार कम भएको उल्लेख गर्दै नयाँ÷नयाँ लगानीकर्ता केही हतास भएको बताए ।

उनका अनुसार बिहीबारको कारोबार अन्य दिनको तुलनामा सन्तोषजनक भएको थियो । सो शाखामार्फत यो साता ५ करोड २६ लाख ५२ हजार ७ सय को शेयर कारोबार भएको छ ।

गत साता उक्त ब्रोकर कार्यालयबाट ३ दिनको अवधिमा ५ करोड ७२ लाख ६० हजार ९५ को शेयर कारोबार भएको थियो । क्रियाटिभ सेक्युरिटिज प्राली बनेपाले यो साता ३ करोड ३९ लाख ४२ हजार २१७ को कारोबार गरेको छ ।

गत साता सो ब्रोकर कार्यालयले तीन दिनको अवधिमा २ करोड १८ लाख ९१ हजार ५९ को शेयर कारोबार गरेको थियो ।

क्रियाटिभ सेक्युरिटिज प्राली बनेपा शाखाका प्रमुख राजेन्द्र मर्हजन शेयर कारोबारमा गिरावट आएका कारण नयाँ लगानीकर्तामा उत्साह नभएको बताए ।

उनकाअनुसार बनेपा बाहेक, धुलिखेल, पनौती, भक्तपुरबाट पनि शेयर कारोबार गर्न लगानीकर्ता आएका छन् । बनेपामा यी दुई ब्रोकर कार्यालयसहित तीनवटा ब्रोकर कार्यालयले शेयर खरिद, बिक्रीको काम गर्दैआएका छन् ।

प्रतिकृया दिनुहोस