शेयर बजार दोहोरो अंकले बढ्यो

Share market 29

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार बिहिबारदोहोरो अंकले उकालो लागेको छ ।

धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर १ हजार ५ सय ३० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ७.४१ बिन्दुले बढेको छ ।

कूल १ सय ६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता शेयर ६३ करोड ५० लाख ५ हजार ३ सय ५३ बराबरमा खरिद बिक्री भएको छ ।

नेप्से परिसूचक कोर्ष करेक्सनमा लागेको र बिहिबारबजार वृद्धि भएको बताइन्छ । धेरै कम्पनीले बोनस तथा नगद लाभांश वितरण गरिरहँदासमेत बजार ओरालो लागेपछि धितोपत्र बजारमा निराशा छाएको थियो । नेपाल इन्भेस्टर्स फोरमले भने लगानीकर्तालाई संयम हुन र नआत्तिन आग्रह गरेको थियो ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज अधिकांश समूहको शेयर मूल्य बढेको छ । बैंकिङ ३६.९७, व्यापार १७.१४, होटल ४३.६, विकास बैंक २३.९१, जलविद्युत् १५.०२, फाइनान्स २६.३९, बीमा २४९.०८, उत्पादन ३४.११ र अन्य समूह १०.१४ बिन्दुले बढेको छ ।

प्रतिकृया दिनुहोस