सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

Nepal r bhutan

काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई ७ विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो ।

नेपालका लागि सन्दिप सुनारले २० रन, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाए । अमित महर्जन १० र सन्दिप जोरा सात रनमा अविजित रहे । बलिङतर्फ सिंगापुरका अभि दीक्षितले २ र अंश भार्गभले एक विकेट लिए ।

सिंगापुरका लागि सिद्धान्तले २० तथा रोहन रंगराजनले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिए ।

उनले ८ ओभर बलिङ गर्दै ४ मेडन राखेर मात्र १२ रन दिए । किशोर महतोले २ तथा सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

प्रतिकृया दिनुहोस