इन्जिनियरिङ कलेजका कार्यकारी अध्यक्ष न्यौपानेको खेल असफल

Lambodr neupane

काठमाडौं । एकसाता अघि नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायणका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले गैरकानुनी रुपमा निजीकरण गरेपछि कलेज विवादमा तानिन थालेको थियो । अझैं त्यो विवाद कायमै छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन खारेज गर्न कार्यकारी अध्यक्ष लम्बोदरले गत विहीबार मध्यमाञ्चल विश्वविद्यालयलाई पत्राचार गरेका थिए । तर, न्यौपानेले पुनः कार्यकारी अध्यक्षकै हैसियतमा खारेजी नगर्न आग्रह गर्दै पत्रचार गरेका थिए ।

तर, अहिले त्तकालका लागि विद्यार्थी संगठनहरु, स्थानीय र सचेत नागरिकको आन्दोलनका कारण न्यौपानेको खेल असफल भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँग सम्बन्धन नलिने, नीजिकरण नगर्ने र सार्वजनिक संस्थाकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सामाजिक संस्थाका रुपमा दर्ता भएको नेपाल इञ्जिनियरिङ कलेजलाई रातारात प्राइभेट कम्पनीमा दर्ता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै कागजात जफत गरेको थियो । न्यौपानेले गत वैशाख २५ मा कलेजलाई प्राइभेट लिमिटेड बनाएर कम्पनी रजिष्टारमा दर्ता गराएको आरोप लाग्दै आएको थियो ।

अध्यक्ष लम्बोदर न्यौपानेले रातारात कम्पनी रजिष्टारको कार्यालयमा निजी कम्पनीका रुपमा दर्ता गराएको भन्दै अरु सञ्चालकले उजुरी दिएपछि अख्तियारले छानविन थालेको थियो । अख्तियारले कलेज दर्ता लगायतका सबै कागजपत्र नियन्त्रणमा लिएको थियो ।

त्यसबेला कलेजका अध्यक्ष लम्बोदर न्यौपाने विरुद्ध सञ्चालक सदस्य हरिप्रसाद पाण्डे, दिपकप्रसाद पाण्डे र सलिल भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर, मंगलबार बसेको सञ्चालक समितिको बैठकले अख्तियार र अन्य निकायमा दिएको निवेदन फिर्ता गर्ने निर्णय गरेको छ ।

राजीनामा अस्वीकृत
लम्बोदर न्यौपानेले भदौं १५ मै राजीनामा दिइसकेका थिए । तर, उनीसहित १० जना सञ्चालक रहेको समितिले उनको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।

लम्वोदरले आफुले अगाडि गरेको राजीनामा, सम्बन्धन खारेज लगायतको पत्र दवावमा परेर गरेको भन्दै उनले सम्वन्धन खारेज नगरिदिन भदौ २१ गते बुधबार अनुरोध गरी मध्यपश्चिमाचल विश्वविद्यालयमा पत्र पठाएका थिए । त्यसको चौतर्फी विरोध भएको थियो ।

यस्तो छ सञ्चालक समितिको निर्णय

अझैं खुलेन ताला
नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायणका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेको एकाधिकार र मनोमानीले गर्दा एकसातादेखि लागेको ताला अझैं खुल्न सकेको छैन ।

सामाजिक संस्था ऐन अनुसार गैर नाफामुलक रुपमा सञ्चालनमा आएको कलेजलाई पछिल्लो समय कार्यकारी अध्यक्ष लम्वोदर न्यौपानले प्राइभेट लिमिटेड बनाएर सधैं चलखेल गर्न पाइने र करोडौ रुपैया झ्वाम पार्न सकिने बनाउन कदम चालेका थिए ।

तर, विद्यार्थी संगठनले त्यसको विरोधमा तालावन्दी गरेको थियो । विद्यार्थीले तालाबन्दी गरेपछि कार्यकारी अध्यक्ष न्यौपानेले गैरकानुनी रुपमा निजीकरण गरेपछि कलेज विवादमा तानिन थालेको थियो ।

लम्बोदरले गरेको गैर कामको विरोधमा विद्यार्थीले ताला लगाएपछि सबै पठनपाठन ठप्प भएको छ । प्रिन्सिपल शोमाकान्त देवले ताला खुलाउने प्रयास भइरहेको बताए । उनले भने, ‘उनीहरुले उठाएका सबै माग पूरा भइसकेको छ, अब उहाँहरुले ताला खोल्नुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...