कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको बजेट रकम ३९ करोड ४४ लाख

News pic suddhodhan

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाको प्रथम गाउँ सभा तथा परिषद लवनिमा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७४/७५ का लागि कुल बजेट रकम ३९ करोड ४४ लाख ५ सय ६६ रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ ।

सो मध्ये पुजिगत तर्फ १८ करोड ५६ लाख ३५ हजार १ सय ७५ रुपैयाँ विनियोजन गरेको छ भने चालु तर्फ ६ करोड १८ लाख ७८ हजार ३ सय ९१ रुपैयाँ बराबरको रकम विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले उक्त बजेट गाउँ सभामा प्रस्तुत तथा पारित गरेका हुन । साथै गाउँपालिकाको कार्य सम्पादनलार्ई पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने व्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास जस्ता नीति तथा कार्यक्रमसमेत पारित गरेको समेत खांले बताए ।

लक्षित वर्ग, महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक, वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पु¥याउने कार्यक्रम पारित भएका छन ।

कार्यालय व्यवस्थापनको जग्गाको छनौट, खुल्ला दिसामुक्त गाउँपालिका घोषणा जस्ता कार्यहरु तय भएको उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन ।

गाउंपालिकाका अध्यक्ष निसार अहमद खांको अध्यक्षता वडासचिव इश्वरी प्रसाद न्यौपानेको संचालन र वडा अध्यक्ष मनोज यादवको स्वागतमा सभा सम्पन्न भएको थियो ।

सो अवसरमा नगरपालिका गठन देखि हालसम्म गरेका कार्य तथा आय व्यायको बारेमा कार्यकारी अधिकृत अन्नतपाणी मरासिनीले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस