भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

Kirketओ२८

काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । एकाउन्न रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त ग¥यो । नेपालका लागि आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ तथा अनिल साहले अविजित चार रन बनाए । बलिङतर्फ भुटानका छिरिङ पेन्जोरले एक विकेट लिए ।

भुटानलाई ५० रनमा समेटने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै २३ रन दिए । सन्दिप लामिछानेले चार विकेट लिए । उनले सात ओभरमा तीन मेडन राख्दै मात्र ७ रन खर्चे । ब्याटिङतर्फ भुटानका टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाए । नेपालले बिहीबार सिंगापुर विरुद्ध खेल्नेछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...