प्रथम स्मृति कप खुल्ला फुटबल प्रतियोगिता हुने

Ftt

काठमाडौँ । वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । 

युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृतिमा नेपाल तरुण दल काठमाडौँ महानगरपालिका २६ ले पहिलोपटक सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बुधबारदेखि ३१ गतेसम्म सामाखुशीमा प्रतियोगिता आयोजना हुने तरुण दल २६ वडाका अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।
वडाका सचिव मनिष डंगोलले युवापुस्ता फुटबल खेलप्रति आकर्षित हुँदै गएकाले आफूहरुले पनि उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनले उक्त खेललाई रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको बताए ।

खेलको प्रथम विजेतालाई एक लाख, द्धितीयलाई ५० हजार, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलकिपरलाई पञ्जा पुरस्कार दिइने सचिव डंगोलले जानकारी दिए । उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका २५ भन्दा बढी क्लबको सहभागिता रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस