सेजनलाई चेम्बरको सम्मान

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यलाई सम्मान गरेको छ ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्वर भवन कान्थिपथमा स्वागत गर्दै सफल कार्य कालको शुभकामना दिएका थिए । श्रेष्ठले आगामी दिनमा चेम्वर र सेजन बीचको सम्वन्ध अझ बढी प्रगाढ हुने विश्वास व्यक्त गरे ।

आर्थिक समाचारको प्रवाहमा सेजनका पदाधिकारीहरुको भूमिकाको चर्चा गर्दै आर्थिक पत्रकारहरुबाट उद्योग वाणिज्यसँंग सम्वन्धित सत्य तथ्य समाचार सम्प्रेषण हुनुपर्नेमा श्रेष्ठको जोड थियो ।

कार्यक्रममा सेजनका नव निर्वाचित अध्यक्ष पुष्पराज आचार्यले आगामी दिनमा पनि पहिला जस्तै चेम्वरसँंग सहकार्य गरेर अगाडि बढ्न सेजन तत्पर रहेको बताए । उनले विगतका दिनमा चेम्बरसँंग सहकार्य गरी सेजनले तालिम, अन्तरक्रिया कार्यक्रम गरेको स्मरण गर्दै चेम्वर र सेजन एउटै सिक्काका दुई पाटा रहेको बताए ।

सो कार्यक्रममा सेजनका नव निर्वाचित अध्यक्ष आचार्य, उपाध्यक्ष प्रभात भट्टराई, महासचिव भीमप्रसाद गौतम, सचिव सुजन ओली, कोषाध्यक्ष भागवत भट्टराईसहित कार्य समिति सदस्यहरु एलिजा उप्रेती, हिमाल पौडेल, सागर घिमिरे, कृष्ण रिजाल र शिव बोहरालगायत सम्पूर्ण पदाधिकारीहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस