राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त ३ मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ३ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको ५ औँ पटक मन्त्रिमण्डल विस्तार भएको हो ।

प्रतिकृया दिनुहोस