८ महिना ढिलो सुरु हुँदै शहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप

Bhim narayan cup

धनकुटा । धनकुटामा हरेक वर्ष सञ्चालन हुँदै आएको शहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको तयारी सकिएको छ ।

मंगलबारदेखि सुरु हुने सो गोल्ढ कपको १३ औं संस्करणमा नेपालको ‘ए’ डिभिजन ६ टीमले भाग लिँदैछन् ।

सो प्रतियोगितामा ब्वाइज युनियन क्लब काठमाडौं तथा ‘ए’ डिभिजन टिमका खेलाडी रहेको बिर्ता युथ क्लब झापा, बेलबारी युवा क्लब मोरङ, गोधुली क्लब सुनसरी, आयोजक धनकुटा ११ र गत वर्षको गोल्डकप विजेता छिमेकी राष्ट्र भुटानको फ्यान्स क्लब बिआरसीले सहभागीता जनाउँदै छन् ।

हरेक वर्ष हुँदै आएको यो प्रतियोगिता २०७३ मा भने स्थानीय चुनाव, टुँडिखेल मर्मत लगायतका प्राविधिक कारणले झण्डै ८ महिना ढिलो हुन लागेको आयोजक समितिका सचिव रोशन श्रेष्ठले बताए । प्रतियोगिता सञ्चालन गर्न १० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

विजेतालाई १ लाख पुरस्कार
मंगलबार हुने उद्घघाटन खेलमा आयोजक धनकुटा ११ र मोरङको बेलबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । बेलबारी क्लब र आयोजक धनकुटा ११ दुबै टीममा राष्ट्रिय लिग खेल्ने खेलाडीको बाहुल्यता छ ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र गोल्डकप, उपविजेताले ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा सबै खेलमा म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज र उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घघाटन खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रजाक मियाले उद्घघाटन गर्ने छन् ।

यस्तो छ इतिहास
धनकुटाका भीमनारायण श्रेष्ठलाई विराटनगरमा तत्कालीन राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ मा गोली हानी हत्या गरिएको थियो । श्रेष्ठलाई एक वर्षअधि मात्रै राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

शहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ मा स्थापित प्रतियोगिता २०६३ यता नियमित हुँदै आएको छ । त्युबेला धनकुटा नगरपालिकाका तत्कालीन वडा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले वडा कपको रुपमा सुरु गरेका थिए ।

यसलाई वडामा मात्रै सीमित गर्न नहुने सबैको प्रतिक्रिया आएपछि सोही वडा कपलाई सहिद भीमनारायण कपको रुपमा नामाकरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...