यसरी रातारात फेरे इन्जिनियरिङ कलेजका न्यौपानेले बोली

राजीनामापछि लेटर प्याडकै दुरुपयोग गरी अनेक ठाउँमा पत्राचार

Nepal 1

काठमाडौं । पैसा देखेपछि ‘महादेवको तिन नेत्र’ त्यसै भनिएको होइन । यही उखान चरितार्थ भएको छ नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायणका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेका लागि ।

उनले पछिल्ला दिनमान छिनका छिन बोली फेर्न थालेका छन् । त्यो पनि पैसैका लागि । यतिसम्म की राजीनामा दिएर पनि उनले कार्यकारी अध्यक्षकै हैसियतमा लेटर प्याडको पनि प्रयोग गर्दै आएको तथ्य फेला परेको छ ।

नेपाल इन्जिनियरिङ कलेज प्रालि खारेज, कलेजको कार्यकारी अध्यक्षबाट राजीनामा, मध्यपश्चिमाचल विश्वविद्यालयबाट सम्बन्धन खारेज, शिक्षा मत्रालयबाट लेटर अफ इन्टेन्ट रद्ध गर्न लिखित रुपमै गरेको प्रतिवद्धताविरुद्ध लम्बोदरले क्रियाकलाप थालेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन खारेज गर्न कार्यकारी अध्यक्ष लम्बोदरले गत विहीबार मध्यमाञ्चल विश्वविद्यालयलाई पत्राचार गरेकोमा पुनः कार्यकारी अध्यक्षकै हैसियतमा खारेजी नगर्न आग्रह गर्दै पत्रचार गरेको तथ्य निशान न्युजलाई प्राप्त भएको छ ।

लम्वोदरले आफुले अगाडि गरेको राजीनामा, सम्वन्धन खारेज लगायतको पत्र दवावमा परेर गरेको भन्दै उनले सम्वन्धन खारेज नगरिदिन भदौ २१ गते बुधबार अनुरोध गरी मध्यपश्चिमाचल विश्वविद्यालयमा पत्र पठाएका छन् । तर, उनले भदौं १५ मै राजीनामा दिइसकेका थिए ।

लेटर प्याडकै दुरुपयोग
कार्यकारी अध्यक्ष लम्वोदर महानगरीय प्रहरी वृत जगाती भक्तपुरमा प्रहरीको रोहबरमा राजीनामा र सम्बन्धन खारेज गरिदिन पत्र लेखेका थिए । (हेर्नुहास पत्र) ।

कलेज सञ्चालक समितिका सदस्यहरु हरि पाण्डे, सलिल भटराई लगायतको उपस्थितिमा उनले राजीनामा र सम्वन्धन खारेजको अनुरोधको पत्र लेखेका थिए ।

त्यसमा अनेरास्ववियका सचिवालय सचिव आद्रता रेग्मी, नेपाल विद्यार्थी संघका केन्दिय सदस्य नवराज त्रिपाठी, नेपाली कांग्रेस भक्तपुर क्षेत्र न १ का नेता कृष्णलाल भडेल, चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित वडा सदस्य दिनेश खनाल लगायतको रोहबरमा लम्वोदरले कागज गरेका थिए । तर उनले त्यो दवावमा दिएको भन्दै पुनः सम्बन्धन खारेज नगर्न अर्काे पत्र लेखेका हुन । (हेर्नुहोस पत्र)

सुटुक्क काम गर्दा लफडा
कार्यकारी अध्यक्ष न्यौपानेले कलेजका काम गर्दा कसैलाई पनि थाहा दिदैन थिए । त्यही भएर पनि सञ्चालकहरुबीच खटपट बढ्दै गएको थियो । त्यही बेला न्यौपानेले आफुखुसी गर्न थालेपछि लफडा सुरु भएको थियो ।

सामाजिक संस्था ऐन अनुसार गैर नाफामुलक रुपमा सचालनमा आएको कलेज पछिल्लो समय कार्यकारी अध्यक्ष लम्वोदर न्यौपानले नेपाल इन्जिनियरिङ कलेज प्राइभेट लिमिटेडको नाममा गैरकानुनी रुपमा निजीकरण गरेपछि कलेज विवादमा तानिन थालेको थियो ।

कलेजका संस्थापक एव पूर्व अध्यक्ष हरिप्रसाद पाण्डे, सलिल भट्टराई लगायतले आफुहरुलाई जानकारी नदिई गैरकानुनी रुपमा कलेज निजीकरण गरेको भन्दै आक्रोस पोख्दै आएका छन् । सामाजिक संस्थाको रुपमा नाफा नखाई गैरनाफामुलक रुपमा २०६१ मा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई सञ्चालनमा आएको कलेज नाफामा जान थालेपछि कार्यकारी अध्यक्ष लम्वोदर न्यौपानेले कलेजलाई निजीकरण गरी बेच्ने योजना बनाएको आरोप लाग्दै आएको छ ।

राजीखुसी कागज गरेको हो : एसपी राणा
कार्यकारी अध्यक्ष न्यौपानेले आफुलाई जवरजस्ती राजीनामा दिन लगाएको आरोप लगाएका छन् । त्यही बेहोराको पत्र पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई पठाएका छन् ।

तर, उनले आफुलाई बाध्इ बनाएको बताए पनि महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी किरण राणाले भने कसैको दवावमा नभई उनले त्यो बेला आफुखुसी कागज गरेको बताइन् । यसअघि लम्वोदरलाई प्रहरीले कलेजबाट पैसा हिनामिना गरेको र विद्यार्थीको जवाफ दिन नसकेको भन्दै जगाती प्रहरी वृतले अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

कलेज सञ्चालकहरुले पनि न्यौपानेले सार्वजनिक कलेजलाई नीजि बनाई आफुले कमाई खाने भाँडो बनाउने खेलमा लागेको आरोप लगाएका छन् । निजीकरणका विरुद्ध विद्यार्थी पढाई छाडेर आन्दोलनमा छन् ।

 

 

प्रतिकृया दिनुहोस