धनकुटेली महिलाका लागि क्यान्सरको निःशुल्क शिविर सम्पन्न

Helth camp dkt

काठमाडौं । धनकुटाबाट काठमाडौंमा आई बसोबास गदैं आएका महिलाहरुका लागि पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्था र सूर्यबहादुर थापा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिबार गरिएको पाठेघरको क्यान्सर रोकको जनचेतनामुलक तथा प्याप स्मेयर शिविरमा झण्डै तीन सय जनाको सहभागिता थियो ।

सो शिविरमा धनकुटाबाट काठमाडौंमा आएर बसोबास गर्दै आएका धनकुटेली महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो भने पुरुषहरुका लागि नाक, कान र घाँटीको पनि स्वास्थ्य परिक्षण गरिएको थियो ।

सो शिविरमा नाक, कान, घाँटीको क्यान्सर रोग विशेषज्ञ डा. बेलु कायस्थ, गाइनो विशेषज्ञ डा. एलिजा श्रेष्ठ र गाइनो अल्कोनोजी जेस्मा मल्ली जाँच गरेका थिए ।सो शिविरमा धनकुटाबाट काठमाडौं आएर बसेका महिलाहरुको सेवाका लागि यसप्रकारको शिविर सञ्चालन गरिएको नेपाल अर्बद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले बताए ।

धनकुटेली महिला समूहको संयोजनमा भएको सो शिविरको पूर्वमन्त्री तथा सांसद सुनीलबहादुर थापाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा सूर्यबहादुर थापा प्रतिष्ठानका अध्यक्ष समेत रेहका थापाले जिल्लाबासीको सहयोगका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न पाएकोमा आफुलाई खुसी लागेको बताए । उनले आफु सधैं जिल्लाको विकासमा तल्लिन रहने प्रतिवद्धतासमेत जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...