शेयर बजार २ अर्ब बढीको कारोबार

Asdfdf

काठमाडौँ । धितोपत्र बजारमा यस साता २ अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १ सय ७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो ।

कारोबार रकम गत साताको भन्दा ३२ दशमलव २४ प्रतिशत कम हो । गत साता १८० कम्पनीको ३ अर्ब ५६ करोड १ लाख २३ हजार बराबरका ७५ लाख ८४ हजार ५ सय ९० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव शुन्य एक अंकले घटेर अन्तिम दिन १ हजार ५ सय ५४ दशमलव ५५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ५२ अंकले बढेर ३ सय २६ दशमलव ०१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १२ करोड ३१ लाख २० हजारको कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको १ लाख ७५ हजार कित्ता शेयर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस