के छ कनेक्सन डा. लोहनी र राजसंस्थाबीच ?

Lohani 12

काठमाडौं । नेपालमा गणतन्त्र आएको लामो समय भइसक्यो । देश संघीय संंरचनामा पनि गइसक्यो । तर, केही राजनीतिक पार्टीहरु भने अझैं राजतन्त्रको वकालत गरिरहेका छन् ।

त्यसैभित्र पर्छन् डा. प्रकाशचन्द्र लोहनी । डा. लोहनीले अहिले जसरी पनि राजतन्त्र ल्याउने भनेर आन्दोलनमा समेत होमिएका छन् । डा. लोहनीले राजतन्त्रका भक्त भनिएका कमल थापासँग पार्टी एकता गरेपछि राप्रपाबाट बाहिरिएर एकीकृत राप्रपा (राष्ट्रवादी) गठन गरेका थिए ।

नयाँ पार्टी गठन गरेयता थापासँग खासै सम्बन्ध सुधार्न नसकेका लोहनी केही समयअघि विभाजित राप्रपा (प्रजातान्त्रिक) सँग नजिक हुन खोजेका थिए । तर, राजतन्त्रको मुद्दामा सहमति बन्ने सम्भावना छैन ।

नेपालमा राजतन्त्र फर्किने सम्भावना नभए पनि डा. लोहनीले भने राष्ट्राध्यक्षका रुपमा राजसंस्थाको उपस्थिति कायम गर्ने दावी गरेका छन् । यति मात्र होइन, उनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने आन्दोलन चलाइरहेका छन् । आखिर किन डा. लोहनी राजसंस्थाको पछि लागेका छन् त ? सर्वत्र चासोको विषय बनेको छ ।

आन्दोलन नै आन्दोलन
पार्टीका एजेण्डालाई मुर्तरुप दिन भदौ २१ गते राजधानीका विभिन्न स्थानमा कोण सभा, २२ गते कोटेश्वरमा बृहत मोटर साईकल ¥याली निकाल्ने, २३ गते बबरमहलदेखि ¥याली निकाल्यो ।

पाँच महिनाअघि मात्र गठन भएको राप्रपा राष्ट्रवादीले राजसंस्था स्थापनाकै लागि आफ्नो आन्दोलन जारी रहने बताएको छ । ‘राजसंस्था हाम्रो मुल एजेण्डा हो’ डा. लोहनी भन्छन्, ‘हामीले जुन उदेश्यले पार्टी स्थापना गरेका छौं, त्यो पूरा नहुन्जेल आन्दोलन त जारी नै रहन्छ ।’

यसको अर्थ राप्रपा राष्ट्रवादी राजसंस्था स्थापनाका लागि नै गठन भएको हो । र त्यसैका लागि निरन्तर संघर्षमा रहन्छ । तर, के अब राजसंस्था स्थापना हुन सक्ला त ?

यस्ता छन् एजेण्डा
एकीकृत राप्रपा बौद्ध, किराँत, मसुलमान तथा अन्य सवै धर्मको सम्मान गर्दै नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने, राष्ट्रपतिको रुपमा राजसंस्थाको उपस्थिति कायम गर्ने, भष्ट्राचारको उन्मुलनको अभियान सुरु गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा सार्वजनिक गरेको हो ।

डा. लोहनी भन्छन्, ‘हाम्रो मुलुकमा अस्थिर राजनीतिकले जरा गाढेको छ, हाम्रो पार्टीले स्थिर राजनीतिक र सकारको लागि कदम चाल्नेछ, हाम्रो पार्टी समावेशी राष्ट्रवाद, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको दर्शन बोकेको पार्टी हो, यसै अनुरुप जनताबीच जान्छ ।’

कुनुकुन हन् राजा मान्ने पार्टी ?
राष्टिय प्रजातन्त्र पार्टीलाई जन्मजात राजावादी पार्टी भनिन्थ्यो । तर, स्व. सूर्यबहादुर थापाले समयअनुकुल परिवर्तन हुँदै गणतन्त्रलाई स्वीकार गरेपछि राजा मान्ने कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मात्रै बाँकी थियो ।

तर, एकताका नाममा राप्रपा कमल थापासँगै सति गएर राप्रपालार्य राजावादी पार्टीमा रुपान्तरण गरेपछि राप्रपामा भाडभैलो भएको थियो । एकत प्रक्रियामै असहमति जनाउँदै राप्रपाका बरिष्ट नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी खोले ।

अहिले उनको पार्टी राजतन्त्रको पक्षमा छ । सँगै राप्रपा पनि राजतन्त्रकै पक्षमा छ । यी दुई पार्टी ‘नदीको दुई किनार’ झै छन् । मात्र यी दुई पार्टीमा संवैधानिक राजतन्त्र र सक्रिय राजतन्त्रको नारामा अन्तर छ । तर, यी दुई पार्टीबीच एकअर्कासँग सौतेनी व्यवहार छ । भावनात्मक रुपमा डा. लोहनी नवगठित राप्रपा प्रजातान्त्रिकसँग नजिक छन् । तर, राप्रपा प्रजातान्त्रिकले राजनीतिक एजेण्डा तय नगरिसकेका कारण एक हुन सकिनछ की भन्ने पक्षमा छन् डा. लोहनी ।

शिव सेना नेपाल लगायतका अन्य फुटकर पार्टीहरु पनि राजा मान्ने पक्षमा छन् । तर, उनीहरु अहिले राजनीतिक अस्तित्वमा छैनन् ।

के छ कनेक्सन ?
राजसंस्थासँग डा. लोहनीको कनेक्सन के छ त ? सर्वत्र चासोको विषय बनेको छ । तर लोहनी भने राजसंस्था ऐतिहासिक संस्था भएकोले त्यसको जगेर्नामा आफु लागेको बताउँछन् ।

‘अब पहिलेको जस्तो निरंकुस राजसंस्था आवश्यक छैन, समयसापेक्ष राजसंस्थाको खाँचो छ’ डा लोहनी भन्छन्, ‘समय सापेक्ष र जनभावना बुझ्ने राजसंस्था अपरिहार्य छ, त्यसैका लागि हामी संघर्षरत छौं ।’

धेरैले डा. लोहनीले कमल थापालाई राजसंस्थाले विश्वास गर्न छाडेपछि आफुलाई राजसंस्थाको विश्वासपात्रको रुपमा स्थापित गराउन खोजेको बताउँछन् । उनी भने सो कुरा मान्न तयार छैनन् । उनी कसैलाई पाखा पार्न आफुले राजसंस्थाको वकालत नगरेको बताउँछन् ।

प्रतिकृया दिनुहोस