वृक्षरोपण आयोजनालाई डेढ करोडको क्षति

Biksxaropan

झापा । वर्षासँगै आएको हावाहुरीका कारण रतुवामाई वृक्षरोपण आयोजनाका १ हजार ८ सय २ वटा मसला, साल र टिकका रुख ढलेका छन् ।

हावाहुरीले रुख लडाउँदा आयोजनालाई झण्डै १ करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ । २ हजार ७५३.७६ हेक्टर क्षेत्रफलमा सञ्चालित रतुवामाई वृक्षरोपण आयोजना नेपालकै दोस्रो ठूलो वृक्षरोपण आयोजना हो ।

हावाहुरीले लडाएका रुख एक महिना बित्न लाग्दासमेत रतुवा माई वृक्षरोपण आयोजनाले व्यवस्थापन गर्न सकेको छैन । ढलेका रुख चोरी हुने सम्भावना छ ।

वृक्षरोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्मा कानूनी प्रक्रिया लामो भएका कारण ढलेका रुखको व्यस्थापन गर्न नसकिएको बताए ।

उनले भने ‘झन्झटिलो प्रक्रियाका कारण समयमै रुखको व्यवस्थापन गर्न नसकिएको हो,’। काठ चोरी हुनसक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस