तौलिहवा अस्पतालको ब्यवस्थापन समितिमा जैसवाल

News pic1 (2)

कपिलपस्तु । कपिलवस्तु जिल्लाको तौलिहवा अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष पदमा बिजय प्रकाश जैसवाल नियुक्ति भएका छन ।

नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट बिजय प्रकाश जैसवाललाई अध्यक्ष पदमा मनोनित भएका हुन । जैसवाललाई आदेश २०६० को दफा ३,२ (क) अस्पताल विकास समिति गठन बमोजिम २ बर्षको कार्यकाल रहने गरि जैसवाललाई अध्यक्ष पदमा मनोनयन गरिएको छ ।

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं. ३ बर्गदी स्थायी निवासी रहेका बिजय प्रकाश जैसवाल नेकपा माओवादी केन्द्रका केन्द्रिय स्तरका नेता पनि हुन् ।

अध्यक्ष जैसवालका अनुसार अस्पतालको स्तरन्नतीसँगै बिरामीहरुलाई मर्का नपर्नेगरी कर्मचारी व्यवस्थापनलगायत बिरामीलाई सहज रुपमा अस्पतालबाट पाउने सुबिधाहरु सहजरुपमा उपलब्ध गराउने र अवश्यक परेमा कर्मचारी थप गर्ने प्रतिबद्धता जनाए ।

अस्पताललाई आवश्यक प्राबिधि र सेवा सुविधा थप गर्न पहल गर्ने अध्यक्ष जैसवालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...