भारतले श्रीलंकालाई सात विकेटले हरायो

 97695531 041498167 1

भदौ । श्रीलंकासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोलमा बुधबार बेलुका भएको खेलमा भारतले श्रीलंकालाई सात विकेटले हराएको छ । भारतले एक सय ७१ रनको लक्ष्य चार बल बाँकी हुँदा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो ।

भारतको जितम कप्तान विराट कोहली नायक बने । उनले ५४ बलमा सात चौका र एक छक्काको मद्दतमा ८२ रन बनाए । यस्तै मनीष पाण्डेले ३६ बलमा नटआउ ५१ रन बनाए भने केएल रहुलले १८ बलमा २४ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेटको क्षतिमा एक सय ७० रन बनायो । उसका लागि दिलशान मुनावीराले ५३ तथा अशन प्रियाञ्जनले ४० रनको योगदान दिए । भारतक युजवेन्द्र चहलले तीन तथा कुलदीप यादवले दुई विकेट लिए । खेलको म्यान अफ दि म्याच भारतीय कप्तान कोहली बने ।

प्रतिकृया दिनुहोस