दरबारमार्गका व्यवसायीले सरकारसँग मागे क्षतिपूर्ति

अनिश्चितकालका लागि पसल बन्दको निर्णय

Dur2(1)

काठमाडौं। दरबारमार्ग विकास बोर्डले उपभोक्ता ठगी गरेको आरोपमा सिलबन्दी गरिएका पसललार्इ क्षतिपूर्ति दिन सरकारसँग माग गर्दै अनिश्चितकालका लागि पसल बन्दको निर्णय गरेको छ।

बोर्डले गलत नियतले दरबारमार्गका रहेका ब्राण्डेड शपमा अनुगमनका नाममा पसल बन्द हुँदा नोक्सानी पुगेको भन्दै क्षतिपूर्तिको माग गरेको हो।यो माग पूरा नभएसम्म अनिश्चितकालसम्मका लागि पसल बन्दको निर्णय बोर्डले गरेको हो। बोर्डले क्षतिपूर्ति नदिएमा कडा कदम चाल्ने चेतावनी समेत दिएको छ।आफूले किनेको भन्दा दुर्इ सय प्रतिशत भन्दा बढी मुनाफा खाएर सामान बिक्री गरेको भेटिएका दरबारमार्गका ब्राण्डेड शपमा आपूर्ति व्यवस्थापन विभागले सील गरेको थियो।

सोमबार चार वटा ब्राण्डेड शपमा सीलबन्दी गरेपछि विहिबार अनुगमन गर्न जाँदा दरबारमार्गका सबै पसल बन्द गरेर व्यवसायी हड्तालमा उत्रिएका थिए।दरबारमार्ग क्षेत्रको व्यवसायीको संगठन बोर्डको बुधवार साँझ बसेको आकस्मिक बैठकले क्षतिपूर्तिको माग गरेको हो।

ुविगत केहि दिनदेखि आपूर्तिमन्त्री लगायत मन्त्रालयका अधिकारी आएर अकास्मात पसलहरु बन्द गरियो । बन्द गर्नुको लागि मागिएको कागजपत्रहरु बुझाउन खोज्दा खोज्दै पनि कागज बुझाउने समय समेत नदिई एकलौटी निर्णय बाट सिलबन्दी गरियो, बोर्डको विज्ञप्तिमा भनिएको छ, मन्त्रालयको कार्य लाई सहज गर्न स्थापित दरबारमार्ग विकास वोर्ड मार्फत समस्या सुल्झाउन सुझाव दिँदादिदै पसलहरु वन्द गरियो।ुबोर्डले दरबारमार्गको व्यवसायलार्इ धरासायी पार्न छापा मारिएको जनाउँदै अन्तराष्ट्रिय ब्राण्डको समेत खिल्ली उडाउने काम भएको आरोप लगाएको छ।बोर्डले वर्षौदेखि राज्यलार्इ कर तिर्ने व्यापारीको गरिमामा आँच आउने गरी छापा मारिएको आरोप लगाएको छ।

प्रतिकृया दिनुहोस