ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने गतिलो माध्यम

Oo sahakari

काठमाण्डौ । ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने गतिलो माध्यम सहकारी बनेको छ । गाउँगाउँमा पछिल्लो समय सहकारी स्थापना भएसँगै आर्थिक कारोबार गर्न सजिलो भएको छ । 

कृषि सहकारी, महिला सहकारी, बचत तथा ऋण सहकारीबाट ऋण झिकेर आयआर्जनमूलक व्यवसायमा लगानी गरेर अहिले मनग्य आम्दानी बढाउँदै गएका छन् । बिना धितो सहकारीले व्यवसाय गर्न चाहनेका लागि ऋण लगानी गरिदिन थालेपछि ग्रामीण बस्तीका जनताको जीवनस्तर उकासिँदै गएको हो ।

व्यवसायमा ऋण दिएपछि रामपुरका बलबहादुर रानाले च्याउखेती र बाख्रापालन गरिरहेका छन् । करिब तीन वर्ष विदेशमा पसिना बगाएर घर फर्केका रानालाई सहकारीले व्यवसायमा ऋण लगानी गरिदिएपछि च्याउखेती र बाख्रापालनमा लागेका हुन् ।

जिल्लामा आव ०७३:७४ मा २९१ वटा सहकारी दर्ता भएका छन् । बचत तथा ऋण सहकारी ९०, दुग्ध सहकारी १९, बहुउद्देश्यीय सहकारी ३४, कृषि सहकारी १०५, अदुवा सहकारी नौ, कफी १२, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार, जडीबुटी र मौरी एक एक, कोसेली घर र बिउबिजन एक:एक, स्वास्थ्य सहकारी एउटा रहेको सहकारी डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले जानकारी दिए ।

अघिल्लो वर्षको तुलनामा २२ वटा सहकारी दर्ता भएका छन् । ०७२:७३ मा २७१ वटा सहकारी सञ्चालनमा रहेका थिए । जिल्लामा हाल सञ्चालनमा रहेका सहकारीमा आबद्ध शेयर सदस्य पुरुषभन्दा महिला बढी छन् । सहकारीमा त्रिपन्न हजार छ सय पाँच महिला र तेत्तीस हजार आठ सय पुरुष आवद्ध छन् ।

उद्योग दर्ता तथा नवीकरणबाट बाईस लाख बयालिस हजार, वाणिज्यबाट एक्चालिस लाख चालिस हजार, पसल भाडाबापत दश लाख छब्बीस हजार र अन्य जरिवाना तथा बिक्रीबाट पैतासी हजार राजस्व संकलन भएको कार्यालय प्रमुख बालकृष्ण गैह्रेले जानकारी दिए ।

व्यापार, व्यवसाय, उद्योग दर्ता नवीकरण गरेकाले अघिल्लो आ.व. को तुलनामा राजस्व संकलनमा वृद्धि आएको छ । आ.व. ०७२:७३ मा पैतासी लाख बिस हजार राजस्व संकलन भएको थियो । उद्योगतर्फ सत्र लाख बयाननब्बे हजार, वाणिज्यतर्फ अठारा लाख तिरहत्तार हजार पसल भाडाबापत आठ लाख पच्पन्न हजार राजस्व संकलन भएको छ ।

प्रतिकृया दिनुहोस