सुनको भाउ बढ्ने क्रम अझै रोकिएन, आज तोलामै ३ सयले बढ्यो

Gold made

काठमाडौं । केही दिनदेखी निरन्तर रुपमा बढिरहेको सुनको भाउ मंगलबार पनि बढेको छ । आज सुन तोलामै ३ सय रुपैँयाले बढेको छ । चाँदीको भाउ पनि ५ रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५७ हजार ३ सय रुपैँयामा कारोबारर भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ९० रुपैँयामा कारोबार भइरहेको छ ।

हिजो सुन तोलाको ५७ हजार रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७ सय ८५ रुपैँयामा कारोवार भएको थियो ।

प्रतिकृया दिनुहोस