बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा जाँच, १ सय ३ मोतियाबिन्दु

Motiyabindu

बर्दिवास । महोत्तरी जिल्लामा बाढी र डुबानले धेरै प्रभावित भएका क्षेत्रमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा १सय ३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् ।

बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी यही शनिबारदेखि सोमबारसम्म छुट्टाछुट्टै ३ ठाउँमा ३ दिन सञ्चालन गरिएका शिविरमा सो संख्याका मोतियाबिन्दुका बिरामी फेला परेका हुन् ।

नेपाल नेत्रहीन सङ्घ, नेत्रहीन पुनःस्थापना कार्यक्रम, महोत्तरीले जानकी आँखा अस्पताल, जनकपुरको प्राविधिक सहयोगमा बर्दिबास, भङ्गाहा र लोहारपट्टि नगरपालिकाका बाढी प्रभावित बस्तीमा एक–एक दिन शिविर सञ्चालन गरेको हो ।

शिविरमा २ सय ३४ जनाले आँखा जाँच गराएका थिए । नेत्र रोग विशेषज्ञको जाँचबाट मोतियाबिन्दु ठहर भएकालाई शल्यक्रियाका लागि जानकी आँखा अस्पताल पु¥याइएको नेत्रहीन पुनःस्थापना कार्यक्रम, महोत्तरीका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिए ।

सबैको निःशुल्क शल्यक्रिया गरिने पुनःस्थापना कार्यक्रमले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा कुपोषण र सरसफाइमा कमी आएकाले त्यस क्षेत्रका बासिन्दामा आँखासम्बन्धी समस्या निकै बढेकाले चरण चरणमा शिविर सञ्चालन गर्न थालिएको कार्यकारी निर्देशक राईले बताए ।

प्रतिकृया दिनुहोस