एनटीए टिम च्याम्पियन

Tekwatu

काठमाडौँ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम मान्डु इन्डोर तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेको छ । एनटीएले ५ स्वर्ण, २ रजत र २ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

मान्डु तेक्वान्दो डोजाङ र मान्डु एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा मान्डु एकेडेमी दोश्रो भयो । मान्डुले ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्यो । तेश्रो स्थानमा चित्त बुझाएको तारा सदनले ३ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो ।

कपनको नारायण चौरस्थित मान्डु एकेडेमीमा भएको प्रतियोगिताको पुरुषमा विश्व निकेतन स्कुलका सरोज मगर तथा महिलामा थ्री स्टार इङलिस स्कुलकी पुजन शेर्पामा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा तेक्वान्दोको विकास र विस्तारमा सहयोग पु¥याएवापत दीलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका प्रमुख राजेन्द्र खत्री र एनटीएका अध्यक्ष अशोक खड्कालाई आयोजकले सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो । दुईदिने प्रतियोगितामा २२ टिमका २ सय ८७ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...