इतिहासमै पहिलोपटक काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद

Golddd

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८८ किलो सुन प्रहरीले बरामद गरेको छ । प्रहरीले सुन सहित गाडी र चालक मकवानपुरका मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार उक्त सुन चिनियाँ नागरिकको भएको बताइएपनि पुष्टि भने हुन सकेको छैन ।गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । टाटा कम्पनीको स्ट्रोेम गाडीबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । यसअघि अघिल्लो सातामात्रै १५ किलो सुनसहित पक्राउ गरेको थियो भने गतवर्ष २२ किलो सुनसहित पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस