धनकुटालाई कृषी विशेष जिल्ला घोषणा गर्न माग

Dkt krisi

काठमाडौं । धनकुटालाई उत्पादन हुने तरकारी, सुन्तला, अलैची, अदुवा, अम्लिसो, चिया खेतीको बिशेष जिल्ला घोषणा गर्न माग गरिएको छ ।

आइतबार धनकुटेली प्रतिनिधि मण्डलले कृषि बिकास मन्त्री रामकृष्ण यादवलाई उनकै निवासमा भेटी धनकुटा जिल्लालाई दुध उत्पादन तथा तरकारी, सुन्तला, अलैची, अदुवा, अम्लिसो, चिया खेतीको विशेष जिल्ला घोषणा गर्न माग गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य विष्णुप्रसाद पौडेल, धनकुटा अस्पताल बिकास समितिका अध्यक्ष सुनिलकुमार डंगोल, नेविसंघका महेश पौडेल लगायतको टोलीले मन्त्री यादवसँग भेटी जिल्लामा उत्पादिन हुने तरकारी र कृषीजन्य पदार्थको बजार व्यवस्थापनमा सहयोग गर्न माग पनि गरेको छ ।

सो टोलीले छथर जारेपाटी गाउँपालिकाको सिधुवा बजारमा परियोजना कार्यालय स्थापना गरी संचालन गरिएको प्रधानमन्त्री कृषि परियोजनाअन्र्तगत तरकारी खेती कार्यक्रमलाई धनकुटा जिल्लाको सातवटै स्थानीय तहहरुमा विस्तार गर्न माग गरेको छ ।

केही महिनाअघि परेको असिना पानीले धनकुटाको सागुरीगढी गाउँपालिकाको डाडाबजारमा लगाएको तरकारी बालीलाई व्यापक क्षती पु¥याएको र पहिरोले समेत धनकुटा जिल्लाको विभिन्न स्थानमा कृषि बालीलाई क्षती पु¥याएकोले पीडित कृषकहरुलाई उचित क्षतीपूर्ती दिन माग गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...