उत्कृष्ट पाँच कालीगढ सम्मानित

Sunchadai samman

काठमाडौं । सुनचाँदीका समान बनाउने उत्कृष्ट पाँच जना कालीगढ सम्मानित भएका छन् ।

सुनचाँदी हस्तकलाको माध्यमबाट आफ्नो शिल्पकार क्षमताको विकास गर्दै गराउँदै पराम्परागत रुपमा चलिआएका गहनादेखि आधुनिक गहना निर्माणमा निरन्तर लागेको भन्दै नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघले ५ जना कालीगढलाई सम्मान गरेको हो ।

आफ्नो प्रथम अधिवेसनको अवसर पारेर शनिबार प्रविण गजमेर, कृतन रसाइली, राम तिरुवा, तीर्थबहादुर विश्वकर्मा र बालकृष्ण विश्वकर्मालाई बाणिज्य मन्त्री मीन विश्वकर्मा, आपूर्ती राज्यमन्त्री कर्णबहादुर विश्वकर्मा र संघका अध्यक्ष मोहन विश्वकर्माले संयुक्त रुपमा सम्मान गरे ।

सो अवसरमा बाणिज्य मन्त्री मीन विश्वकर्माले सरकार स्वयमबाटै सुनको कालो बजारी भइरहेकाले त्यसलाई रोक्न आफु लागिपरेको बताए । उनले व्यवसायीहरु अधिकारका लागि एकजुट भएर आन्दोलित भए मात्र आफ्नो अधिकार सहज रुपमा प्राप्त गर्न सकिने उनले बताए ।

आपूर्ती राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले सुनचादी व्यवसायमा संलग्न दलित समुदायलाई संरक्षण गर्नुपर्ने र त्यसका लागि सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने बताए । उनले सुनचाँदी व्यवसायमा देखिएका विभिन्न समस्याहरुलाई अन्त्य गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रथम अधिवेसन उद्घाटन कार्यक्रममा महानगरीय आयुक्त कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन विक, व्यवसायीक सीप विकास केन्द्रकी अध्यक्ष कमला हेमच्युरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली लगायतले सुनचाँदी व्यवसाय सम्मानित व्यवसाय भए पनि सुनचाँदी व्यवसाय सीमित वर्गको हातमा रहेकाले बदनाम बन्दै गएको बताएका थिए ।

प्रतिकृया दिनुहोस