सुस्तामा भारतीय सुरक्षाकर्मीको सास्ती सधैं

जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सुस्ताबासी

Susta 1

नवलपरासी । नजिकको भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्न सुस्ताबासीले सधैं सास्ती खेप्नुपर्ने बाध्यता अझैं कायमै छ ।

त्यसमा पनि सुरक्षाकर्मीले आवश्यक रुपमा चेकजाँचको नाममा हैरान पार्ने गरेका कारण डुंगाको यात्रा पनि थप जोखिमपूर्ण हुने गरेको छ ।

नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँका बासिन्दाहरुले दैनिकी उपभोग्य वस्तु खरिद गर्न डुंगा चढेर भारतीय बजार पुग्ने गरेका छन् । उनीहरु हरेक दिन डुंगा तरेर घरायसी सामान किन्न ३० किलोमिटर टाढापर्ने भारतको बहुआर, बैठवलिया, करमहिया, निचलौल बजारमा जान बाध्य छन् ।

आइतबार र बिहीबार लाग्ने बजारमा सामान सस्तो पाइने भएकाले डुंगा तरेर स्थानीय त्यहाँ पुग्ने गरेका हुन् । सुस्ता र बारीको पक्लिहवा बीचमा रहेको नारायणी नदीमा ठूलो डुंगामा नाउ तरेर नेपालको पक्लिहवा हुँदै भारतको बिहारमा पर्ने ति बजारमा किनमेलका लागि पुग्ने गर्छन ।

सुस्तावाट नजिकमा रहेको बिहारका बजारमा किनमेलका लागि आउजाउ गर्दा जाँचका नाममा भारतीय सीमा सुरक्षा बल एसएसवीले नेपालीलाई दुःख दिने भएका कारण उनीहरु नदी तरेर घुमाउरो बाटो जाउआउ गर्न बाध्य छन् ।

त्यसो त हरेकदिन कक्षा ६ देखि र १० अध्ययनका लागि बालबालिकाहरु डुंगामा जोखिमपूर्ण यात्रा गरी पक्लिहवा आउने गरेका छन् । सुस्तामा रहेको जनता दलित प्राविमा कक्षा ५ सम्म मात्र पढाई हुने गरेको छ ।
२०३४ सालमा स्थापना भएको त्यो प्राविमा करिब ४ सय बिद्यार्थी अध्ययनरत छन् ।

माथिल्लो कक्षामा पढ्न भारत जानुपर्ने या दिनहुँ डुंगा तरेर वारी पट्टीको पक्लिहवा आउन पर्ने बाध्यता छ ।

प्रतिकृया दिनुहोस