इराकमा १२ नेपालीको हत्या प्रकरणको १३ वर्ष

कहिले बिर्सन नसकिने भदौं १६, मेनपावर व्यवसायीका लागि कालो दिन

Iraq ghatana

काठमाडौ । १३ वर्षअघि अर्थात् ०६१ भदौ १५ मा वैदेशिक रोजगारीको क्रममा इराक पुगेका १२ जना नेपालीको क्रुरतापूर्वक हत्या भएको दिन हो ।

०६१ भदौ १५ बिहीबार गते । ०७४ भदौं १५ गते बिहीबार । जुन दिन इराकमा १२ जनाको निर्मम हत्या भयो । त्यसको भोलिपल्ट अर्थात् भदौं १६ गते शुक्रबार । त्यसको १३ वर्षपछिको दिन पनि शुक्रबार । ठ्याक्कै तिथिमिति मिलेको छ । र, पीडा कम भए पनि स्मरण उस्तै छ ।

वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका निर्दोष १२ जना नेपालीको हत्या भएको भदौ १५ गते बिहीबार १३ वर्ष पूरा भएको छ ।

त्यसैको आवेगमा भदौं १६ मा राजधानीका अधिकांस म्यानपावर कम्पनीहरु जलाइएका थिए । सो घटना भएको आज १३ वर्ष पुगेको छ । वैदेशिक रोजगारीको क्रममा इराक पुगेका १२ जना नेपालीको क्रुरतापूर्वक हत्या भएपछि काठमाडौंका विभिन्न स्थानमा भदौं १६ गतेकै दिन अधिकांस म्यानपावर कम्पनी जलाइएका थिए ।

इराकमा मारिएका नेपालीहरुको भिडियो भदौ १५ गते सार्वजनिक भएपछि भदौं १६ गते एकाएक राजधानी काठमाडौंमा दंगा बढेको थियो । । त्यसैले त्यस घटनायता वैदेशिक रोजगार व्यवसायीहरूले सधैं भदौ १६ लाई कालो दिनको रूपमा स्मरण गर्ने गरेका छन् । आज पनि म्यानपावर व्यवसायीले कालो दिनलार्य सम्झिएका छन् ।

कहिले पाठ सिक्ने ?
त्यसबेला १२ जना ती नेपाली अबैध बाटो हुँदै इराक पुगेका थिए । उनीहरु रोजगारीको अवसर नभएपछि दलालहरूको प्रलोभनमा परेर इराक पुगेका थिए । त्यसयता पनि कैयौ नेपाली अबैध बाटो हुँदै प्रतिबन्धित मुलुकहरु गइरहेका छन् ।

त्यस घटनालगत्तै सरकारले इराक जान पूर्णरुपमा प्रतिबन्ध लगायो । कैयौ नेपाली रोगजारीको नाममा ठगिएका थिए । अहिले पनि वैदेशिक रोजगारमा व्यवसायमा ठगी रोकिएको छैन ।

नेपालबाट अहिले दैनिक १५ सयभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । १५ सय नेपाली बैध बाटो हुँदै जानेको संख्या हो । अझैं पनि खाडी मुलुकमा घरेलु कामदारका रुपमा महिलालाई प्रतिबन्ध जस्तै छ । तर, अबैध बाटो भएर खाडी मुलुक पुग्नेको लर्काे बाक्लै छ ।

त्यसरी अबैध बाटो हुँदै विदेशी भुमीमा जादा दुःख पाइन्छ भनेर जान्दाजान्दै पनि कैयौ नेपाली अबैध बाटो हुँदै इराक, अफ्गानिस्तान लगायतका मुलुकमा गइरहेका छन् । त्यसलाई सरकारले व्यवस्थित बनाउन नसक्दा धेरै धन कमाउने आसमा कैयौले ज्यान गुमाइरहेका छन् भने कैयौले सास्ती खेप्न बाध्य भएका छन् ।

प्रतिकृया दिनुहोस