डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

1 vairal

डडेल्धुरा । भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् ।

बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् ।

कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासी बताउँछन् । फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

भाइरल ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । उनीहरुमा ज्वरो, टाइफाइड, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएका छन् । दैनिक १५ देखि २० जना त्यस्ता बिरामी स्वास्थ्य चौकीमा आउने गरेको समैजी स्वास्थ्य चौकीका प्रमुख कृष्ण पालले बताए ।

आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा जानसम्म समस्या भइरहेको हुँदा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...