जानी राखौं यसरी राख्न सकिन्छ मृगौला स्वस्थ्य ?

Kidny

एजेन्सी । मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।

मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त रु यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ । 


मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।

एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स(सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।

यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।

मृगौला रोगीको डाइट चार्ट

के नखाने ?– मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड ड्रिक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।

कस्तो चिया पिउने ?

अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।

खाना

सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।

किन हुन्छ मृगौला खराब ?

– अस्वस्थ्यकर जीवनशैली ।

– कम पानी पिउनु ।

– धुमपान एवं मदिरापान

– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।

– नुनको अधिक सेवन ।

– उच्च रक्तचापको उपचारमा लापरवाही ।

– धेरै मात्रामा पेन किलर लिनु ।

प्रतिकृया दिनुहोस