कृषि क्षेत्रमा ५६ करोडको क्षति

Paisha 768x494

विराटनगर । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब ५६ करोड बराबरको क्षति भएको छ ।

गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको २ हजार ५२० हेक्टरको धानबाली पुरिँदा २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने ७ हजार ९ सय ५० परिवार प्रभावित भएका छन् ।

३ सय १७ हेक्टरमा ९ करोड १३ लाख ६८ हजार मूल्यको तरकारीबाली र ३ सय १३ हेक्टरमा निर्माण गरिएको माछा पोखरीमा बाढी पस्दा १६ करोड २६ लाख ६८ हजारको माछाको माउ र भुरा क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

१ सय १० हेक्टरमा १ करोड २७ लाख ६७ हजार मूल्यको जुटखेती, २४ हेक्टरमा रहेको केरा, कागती र मेवाखेती नष्ट हुँदा ७१ लाखको क्षति भएको छ । करिब २ हजार किसानको घरमा पानी पस्दा सञ्चित गरी राखिएका १ करोडभन्दा बढीको ४ सय ९० मेट्रिक टन धान र गहुँ क्षति भएको छ ।

माउ र भुरा बाढीले बगाउँदा माछापालनमा समस्या भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवले जानकारी दिए ।

विराटनगरमा वर्षासँगै ५ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुँदा गणेश कोल्डस्टोरमा राखिएको १ हजार मेट्रिक टन आलुमा टुसा पलाएको र मेसिनमा समेत क्षति पुग्दा ५० लाख बराबरको नोक्सान भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...