२ करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण

Health office

पाल्पा । पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको २ करोड ८ लाख ७७ हजार ५ सय ५० को लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी २ तले २० कोठा भएको स्वास्थ्य चौकीका प्रमुख मोहन ढकालले जानकारी दिए ।

यस स्वास्थ्य चौकीबाट प्रसूति सहितको विभिन्न सेवासुविधा उपलब्ध हुने उनले बताए । पूर्वखोला गाउँपालिकासहित रामपुर नगरपालिका–९ र १० का बासिन्दालाई प्रत्यक्ष सेवा पुग्ने उक्त स्वास्थ्य चौकीमा हाल एक अहेब, २ अनमी र दुईजना स्वास्थ्यकर्मी कार्यरत छन् ।

प्रतिकृया दिनुहोस