डाक्टरको लापरवाहीले १६ महिने शिशुको मृत्युपछि नर्भिक अस्पतालमा तोडफोड

Norvic hospital

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा ढुंगामुडा गरेका छन् ।

डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको आरोपमा मृतकका आफन्त सर्वसाधारणले ढुंगामुडा गरेपछि मंगलबार दिउँसोदेखि नै अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

सामान्य ज्वरो आएर मंगलबार बिहान भर्ना भएकी बालिका भिक्टोरिया आर्चायलाई दिउँसो अस्पतालले एकाएक मृत घोषणा गरेपछि उनका आपन्त र सर्वसाधारण आक्रोसित बनेका थिए ।

बच्चाको मृत्युबारे अस्पतालले स्पष्ट कारण नदिएको मृतक परिवारको गुनासो छ ।

मृतकका आफन्त र सर्वसाधारणले अस्पताल तोडफोड गर्दा अस्पतालको झ्यालढोका र केही कम्प्युटर फुटेका छन् । मृतकका आफन्त निक्कै आक्रोसित बनेपछि प्रहरीले अस्पताललाई कडा सुरक्षा घेरामा राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...