भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु

Bharatpur hospital

चितवन। यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् ।

भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस्पतालमा आउने दुर्घटनाका घाइतेलाई स्थानीय मेडिकल कलेजमा पठाउने गरिन्थ्यो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्र मरासेनिकाअनुसार हालै मात्र अस्पतालमा सिटिस्क्यानसहित आवश्यक उपकरण जडान गरिएको छ ।

विगत ६ वर्षदेखि न्यूरोमा अनुभव हासिल गरेका न्यूरो सर्जन डा. गुणराज पौडेलले काम थालेका हुन् । अस्पतालमा १० जना अर्थोपेडिक सर्जन कार्यरत छन् ।

अस्पतालमा ६ वटा शल्यक्रिया गर्ने टेबलसहितको सेट छ । ट्रमा र चोटपटक सम्बन्धिका नेपालमा हुने उपचार अब भरतपुर अस्पतालमा गर्न सकिने मेडिकल सुपरिटेण्डेन्ट डा मरासेनिले बताए । अस्पतालमा नियमित रुपमा न्यूरोका सातामा तीन दिन शल्यक्रिया समेत सुरु गरिएको उनले बताए ।

आइतबार, मंगलबार र बिहीबार नियमित शल्यक्रिया हुन्छ भने २४ औं घण्टा दुर्घटनाका घाइतेलाई आवश्यक शल्यक्रियासहितको उपचार गर्न सकिने बताए ।

भरतपुर अस्पताललाई मदनभण्डारी ट्रमा सेन्टरको नामाकरण दिइएको भए पनि न्यून बजेट निकासा भएका कारण काम सुरु हुनसकेको थिएन ।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमारराज भण्डारीले अस्पतालको आफ्नै प्रयासमा न्यूरो सर्जन नियुक्त गरी सिटिस्क्यानसहितका उपकरण जडान गर्न सफल भएपछि ट्रमा सेन्टरको रुपमा अस्पताल अघि बढेको बताए ।

उनले जिल्ला र छिमेकी जिल्लामा हुने सबैखाले दुर्घटनाका घाइतेले अब सरकारी अस्पतालमा न्यून शुल्कमा उपचार पाउने छ ।

प्रतिकृया दिनुहोस