तुलसीपुरको बजेट १ अर्ब १८ करोड

Bajet 696

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि १ अर्ब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ को बजेट सार्वजनिक गरेको छ ।

पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि १ अर्ब आठ करोड ६५ लाख ३४ हजार ५ सय ६८ र चालु खर्चअन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि ९ करोड ८१ लाख ६१ हजार ८ सय ८२ गरेर कुल १ अर्ब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ को बजेट उपप्रमुख माया आचार्यले कार्यपालिकाको बैठकमा प्रस्तुत गरे ।

उपमहानगरपालिकाले प्रत्येक वडामा १ करोड, बाढी प्रभावित क्षेत्रमा ३ करोड, विद्यालय शिक्षा सुधार कार्यक्रमका लागि १९ करोड, प्राविधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई १० लाख अनुदान, बसपार्कलाई यो आवभित्र सञ्चालन गर्न ९ करोड बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख घनश्याम पाण्डेले गत आवमा भन्दा यो वर्षको बजेट चारगुणा बढी रहेको बताए । प्रशासनिक खर्च २५ प्रतिशतभन्दा बढी राख्न सकिने प्रावधान भएपनि १० प्रतिशतभन्दा कम रहेकाले विकासतर्फ धेरै बजेट परेको पनि पाण्डेले बताए ।

विनियोजन भएको बजेटमा पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइनुका साथै बाढीपीडितका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने कार्यक्रमलाई पनि समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...