सहकारीको बचत २ अर्ब २१ करोड  

Money 32323

पाल्पा । जिल्लाका सहकारी संस्थामा बचत बढेसँगै ऋण लगानीसमेत वृद्धि भएको छ ।

जिल्लाका विभिन्न सहकारी संस्थाले आव २०७३÷७४ मा २ अर्ब २१ करोड २ लाख ८४ हजार रकम बचत गरेका छन् भने २ अर्ब ८० करोड ७९ लाख ४७ हजार ऋण लगानी गरेका छन् ।

सहकारीले लिएको ऋण १२ करोड १९ लाख ७२ हजार, कोष रकम १७ करोड ३२ लाख ४६ हजार र शेयर पूँजी ३० करोड १९ लाख ६८ हजार रहेको डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले जानकारी दिए ।

आव २०७२÷७३ मा सहकारीले १ अर्ब ४४ करोड १४ लाख ५६ हजार रकम बचत र १ अर्ब ६५ करोड ७१ लाख ४३ हजार ऋण लगानी गरेका थिए । सहकारीले लिएको ऋण रकम ११ करोड ६५ लाख ८ हजार, कोष रकम ५ करोड ९६ लाख २९ हजार र शेयर पूँजी २१ करोड ५३ लाख ४८ रहेको प्रमुख बोहोराले बताए ।

जिल्लामा हाल बचत गर्ने शेयर सदस्यमध्ये महिलाको संख्या बढी छ । ८७ हजार ४०५ शेयर सदस्यमध्ये ५३ हजार ६ सय ५ महिला र ३३ हजार ८ सय पुरुष छन् । आव २०७२÷७३ मा ७१ हजार ४ सय ११ जना शेयर सदस्य पुगेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

आव २०७३÷७४ मा २ सय ९१ वटा सहकारी दर्ता भएपछि बचत तथा ऋण सहकारी ९०, दुग्ध सहकारी १९, बहुउद्देश्यीय सहकारी ३४, कृषि सहकारी १ सय ५, अदुवा सहकारी नौ, कफी १२, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, कोसेली घर एक, बीउबिजन एक, स्वास्थ्य सहकारी एक गरी जम्मा २ सय ९१ वटा सहकारी पुगेका छन् ।

अघिल्लो वर्षको तुलनामा २२ वटा सहकारी संस्था दर्ता भएका छन् । २०७२÷७३ मा २ सय ७१ वटा सहकारी सञ्चालन भएका थिए । यहाँ सञ्चालित सहकारीले ६० करोडभन्दा बढी कारोबार गर्न सफल भएका छन् ।

बचत तथा ऋण सहकारीतर्फ अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर, कृषि क्षेत्रमा उत्पादन, संकलन र बजारीकरणमा मदनपोखरा कृषक बजार बहुउद्देश्यीय सहकारी संस्था, दूध उत्पादनतर्फ डुम्रे दुग्ध उत्पादक सहकारी संस्था डुम्रे, लुहुम दुग्ध उत्पादक सहकारी संस्था र किनारी दुग्ध उत्पादक सहकारी संस्था बौघापोखराथोक, कोकलधारा दुग्ध उत्पादक सहकारी संस्था सोमादीले राम्रो प्रगति गर्न सफल भएका छन् ।

सामाजिक उद्यमीतर्फ मिलनसार उद्यमी सहकारी संस्था बौघागुम्बा, मनकामना सामाजिक उद्यमी सहकारी संस्था सिलुवा र लगनशील सामाजिक उद्यमी सहकारी छहरालगायतका संस्थाले जिल्लामै नमूनाका रुपमा उत्कृष्ट काम गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...