भाइरल ज्वरोका बिरामी चाप बढ्दै

Fever

पर्वत । केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।

अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १ सय २० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत २ सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ ।

अस्पताल आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयअनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ ।

बालबालिकासँगै एकै घरबाट ४÷५जना बिरामी उपचारका लागि अस्पताल आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा. वुद्धिबहादुर थापाले जानकारी दिए । वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरल ज्वरोको प्रकोप बढेको हुनसक्ने अस्पतालका डा. थापाले जानकारी दिए । यसबाट बच्न दूषित खानेपानी प्रयोग नगर्न र कुनै कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन डा ंथापाको सुझाव छ ।

१५ श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक श्ययाको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । गाउँ÷गाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइको छ ।

जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमासमेत भाइरल ज्वरोका बिरामीको संख्या बढेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...