मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा

Mechi hospital (1)

झापा । मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले शुक्रबार आयोजित कार्यक्रममा सो सेवा शुभारम्भ गरेका छन् ।

मेची अस्पतालमा शुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै उहाँले डायलोसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था यो सेवाले अन्त्य गर्ने बताए ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ५० लाखको लागतमा होमोडायलोसिस सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले जानकारी दिए ।

उक्त अस्पतालले शुक्रबार देखि भिडियो इण्डोस्कोपी सेवा पनि सञ्चालनमा ल्याएको छ । ३० लाखको लागतमा सो उपकरण खरिद गरी सेवा शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिए ।

भिडियो इण्डोस्कोपी सेवा शुरु भएसँगै ग्याष्ट्रिक, अल्सर, क्यान्सरलगायत रोगको पहिचान र उपचार गर्न सहज हुने डा. ठाकुरले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...