“प्रतिकिलो ८० रुपैँया मा बीउ किनेर लगाएको अदुवा २० रुपैँयामा समेत बिक्री भएन” : पर्वतका कृषक निराश

Aduwa

पर्वत । मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेका छन् । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा उत्पादन भएको अदुवालाई बजारको समस्या भएको हो । 

खाद्यबाली र तरकारीको विकल्पमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन् । अदुवाले बजारका साथै उचित मूल्य पाउन नसकेको लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदीले बताए। उनले बिक्री नभएपछि पाँच हजार किलो अदुवा बारीमै थन्किएको बताए । 

“प्रतिकिलो रु ८० मा बीउ किनेर लगाएको अदुवा रु २० मा समेत बिक्री भएन”, उनले भने , “लगानीसमेत उठ्ने अवस्था छैन ।” 

यहाँ उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुश्मा, पोखरा र भारत हो । भारतले दुई वर्षयता नेपालबाट अदुवा न्यून मात्रामा उदुवा किन्न थालेपछि कृषक मारमा परेका छन् । अदुवालाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ । दुई वर्षपहिले अदुवा प्रतिकिलो रु ६० देखि रु ८० मा बिक्री भएको स्थानीय कृषक राधिका सुवेदीले बताउनुभयो । जिल्लाका विभिन्न गाउँपालिकाका करिब ५०० भन्दा बढी घरधुरीले व्यावसायिक रुपमा अदुवा खेती गर्दै आएका छन् । यहाँ प्रत्येक कृषकले वर्षमा दुई क्विन्टलदेखि पाँच क्विन्टलसम्म अदुवा उत्पादन गर्दैआएका छन् । 

यातायातको सुविधा नहुँदा पिठ्यूँमा बोकेर बेनी बजारमा अदुवा बिक्री गर्न यहाँका किसान बाध्य छन् । अदुवा भण्डारण गर्ने ब्यवस्था समेत छैन । अहिले तराई र भारतबाट आयात गरिएको अदुवा कम मूल्यमा पाइन थालेका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...